Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउँदै कोरोनाविरूद्ध हातेमालो गरौँ

‘चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउँदै कोरोनाविरूद्ध हातेमालो गरौँ


काठमाण्डौं,चैत २४

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एनएमबी ग्रुप र नेपाल भारत मानव विकास मैत्री संघको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बुझ्दै मन्त्री ढकालले यस्ता सहयोगले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च हुने बताए । उनले सरकारले पनि चिकित्स र स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि भत्ता, बीमा र सुरक्षाको प्रबन्ध मिलाएको जानकारी दिए । ‘कोरोनाको लडाइँमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्कर्मी र चिकित्सकको मनोबल बढाउन यस्ता सहयोगी मन र सामग्रीले बल पु¥याउँछ । सरकारले पनि मनोबल बढाउनका लागि विभिन्न काम गरेको छ’, उनले भने । सरकारले एम्बुलेन्स चलाउनेदेखि उपचार कक्षामा रहेर काम गर्ने स्वास्थ्यकर्मीसम्मको मनोबल बढाउन बीमा र भत्ताको व्यवस्था बताउँदै सुरक्षाको पनि उचित प्रबन्ध गरिएको उनले जानकारी दिए ।

मन्त्री ढकालले स्वास्थ्यका केही सामग्री उपलब्ध भए पनि अझै पूर्ण रूपमा सामग्री संकलन गरेर सम्बन्धित ठाउँमा पु¥याउने काम भइरहेको बताए । उनले कोरोनाविरूद्ध सरकारले उच्च सतर्कता र सावधानीका साथ काम गर्दा अहिलेको परिस्थितिमा आइपुगेको बताउँदै यो समय सबैले मिलेर हातेमालो गर्नुपर्ने बताए । एनएमबी ग्रुपले चीनबाट ल्याएको सात सय थान पीपीई हस्तान्तरण गरेको छ भने नेपाल भारत मैत्री विकास संघले नेपालमै उत्पादन गरेको तीन सय थान पीपीई हस्तान्तरण गरेको छ । संकटको समयमा सरकारलाई सहयोग गर्नु निजी क्षेत्रको पनि कर्तव्य रहेको भन्दै दुवै संस्थाका प्रतिनिधिले थप सहयोगहरू उपलब्ध गराउने बताए । पीपीई हस्तान्तरण कार्यक्रममा सहरी विकास राज्यममन्त्री रामवीर मानन्धर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, एनएमबी ग्रुपका तर्फबाट एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र मैत्री संघका तर्फबाट अध्यक्ष सूर्य भुसाल लगायत उपस्थित रहेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x