भारतलगायत तेस्रो मुलुकबाट सहजै खाद्यान्न आपूर्ति गर्न सकिने
काठमाण्डौं,चैत २५
सरकराले खाद्य उत्पादन जारी गरी आपूर्तिमा सहजीकरण गर्न सम्बन्धित व्यवसायीहरुलाई आग्रह गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नोवल कोरोना भाइरस (कोभिड १९) को विषम परिस्थितिमा खाद्य पदार्थ प्रशोधन, उत्पादन, आयातनिर्यात, ढुवानी एवं बिक्रीवितरण सुचारु गर्न सरोकारावालाहरुलाई आग्रह गरेको छ । कोरोना भाइरसको कारण यसअघि विभागले आयातित खाद्य सामग्रीहरु १४ दिन क्वारेन्टाइनमा राखी भित्र्याउने व्यवस्था गरेको थियो । विभागका प्रवक्ता मोहन कृष्णा महर्जनले यसअघि आयातित खाद्य वस्तु १४ दिन क्वारेन्टाइनमा राखेर स्वदेश भित्र्याउनुपर्ने व्यवस्था अन्त्य गरिएको बताए । सोसँगै खाद्य व्यवसायीहरुले भारतलगायत तेस्रो मुलुकबाट आयात गरिने सामग्री सिधै नेपाल ल्याउन सकिनेछ भने यसअघि स्थगन गरिएको खाद्य वस्तु आयात अनुमतिपत्र जारी पनि सो निर्णयसँगै खुल्ला गरेको विभागले जानकारी दिएको छ । विभागले सामग्री आयातित गर्ने क्रममा कुनै पनि संक्रमित रोग लागेको कामदारहरुलाई खाद्य व्यवसायमा संलग्न हुन नदिन समेत आग्रह गरेको छ ।उनले भाइरसको कारण विषम परिस्थितिमा खाद्य व्यवसायीहरुले स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थ प्रशोधन, उत्पादन, आयातनिर्यात, ढुवानी एवं बिक्रीवितरणका लागि विद्यमान खाद्य ऐन, नियम, निर्देशिका तथा मापदण्डको पूर्ण परिपालनका साथै असल उत्पादन अभ्यास, असल सरसफाइ अभ्यास एवं व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिई कुनै पनि संक्रमित रोग लागेका कामदारहरुलाई खाद्य व्यवसायमा संलग्न हुन नदिने जस्ता कार्यमा सजग भई स्वच्छ तथा गुणस्तरीय खाद्य उत्पादन सुचारु गरी आपूर्तिमा सहजीकरण गर्न व्यवसायीहरुलाई आग्रह गरेको बताए ।
विभागले नियमित खाद्य स्वच्छता एवम गुणस्तरका विषयमा भने निरीक्षण तथा अनुगमन गर्दै रहेको जनाउँदै सबै खाद्य वस्तुहरुमा भने सो नियम लागू नहुने जनाएको छ । उसले सजीव प्राणी, भिजेका मालवस्तु, बोट बिरुवा भने आवश्यकताअनुसार क्वारेन्टाइनमा राखिने जनाएको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मरिच, सुपारीलगायतका मसलालगायतको रोक्का भने यथावत् रहने जनाएको छ । यसअघि सरकारले कोरोना भाइरसको संक्रमणकै कारण चीन, दक्षिण कोरिया, जापान, इटली, इरान, फ्रान्स, जर्मनी र स्पेनबाट आयात हुने कृषिजन्य, पशुजन्य र बिरुवाजन्य सामग्रीको आयातमा रोक लगेको थियो । आयातित वस्तुमा रोक लगाएपछि च्याउ, स्याउ, लसुन, प्याज, ससेज, बिस्कुट, चकलेट, नुडल्स, ड्राई मिट, जंक फुड र एफसीजी वर्गका मालवस्तु कम मात्रामा नेपाल भित्रिएको थियो अर्थात् क्वारेन्टाइनमा राखेर भित्र्याउनुपर्ने थियो । कृषि तथा पशुपन्छी मन्त्रालयले पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रसँगको संयुक्त छलफल गरी सो निर्णय गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ: मन्त्री पाण्डे
- सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार
- वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टचार भेट
- सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने
- मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव
- प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने
- जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन
- युरोपियन युनियनका राजदूतको परराष्ट्रमन्त्री डा. राणासँग शिष्टाचार भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया