Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमित १४ मुलुकबाट साढे तीन सय दोलखाली गाउँ फर्के, क्वारेन्टाइन भने खाली

कोरोना संक्रमित १४ मुलुकबाट साढे तीन सय दोलखाली गाउँ फर्के, क्वारेन्टाइन भने खाली


दालखा,चैत २५
कोरोना संक्रमित विभिन्न १४ वटा मुलुकबाट करिब साढे तीन सय व्यक्ति जिल्ला भित्रिएका छन् । अध्ययन र रोजगारीका सिलसिलामा विदेशिएका उनीहरू उक्त देशमा कोरोनाको संक्रमण देखिएपछि नेपाल फर्किएका थिए । विदेशबाट नेपाल फकिएका नेपाललाई क्वारेन्टाइनमा राख्ने भनिए पनि उनीहरू हालसम्म स्थानीय निकायले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छैनन् । जिल्लाभर स्थानीय तहले बनाएको क्वारेन्टाइन रित्तै रहेका छन् । दोलखामा कोरोना संक्रमित देश भारत, मलेसिया, दुवई, कतार, जापानलगायतका १४ मुलुकबाट मानिसहरू फर्किएका छन् । जिल्लाभरि तीन सय ४८ जना व्यक्तिहरू विदेशबाट फर्किएको तथ्यांक स्थानीय तहहरूले सार्वजनिक गरेका छन् । जसमध्ये सबैभन्दा बढी भारतबाट दुई सय ९८ जना दोलखा आएका छन् भने दुवईबाट १८ र दक्षिण कोरियाबाट १० जना जिल्ला आएका छन् । त्यसैगरी कतारबाट सात जना, मलेसियाबाट छ जना साउदी अरेबीयाबाट छ, जापानबाट दुई जना दोलखा भित्रिएका छन् भने बहराइन, बंगलादेश, अमेरिका, साइप्रस, कम्बोडिया र इराकबाट एक÷एक जना जिल्ला फर्किएका छन् । विदेशबाट गाउँ फर्केका उनीहरू स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्न नमानेपछि घरमा नै होम क्वारेनटाइन बनाएर बस्न लगाएको स्थानीय प्रशासनले जनाएको छ । होम क्वारेन्टाइन रहेका सबै मानिसको स्वास्थ्य अवस्थाको बारेमा स्थानीय नगरपालिका र गाउँपालिकाको स्वस्थ्य कार्यालयले नियमित निगरानी गर्ने गरेको छ ।

जिल्लाको भीमेशवर नगरपालिकामा ३१ जना मानिसहरू विदेशबाट फर्किएका छन् । जसमा सवैभन्दा बढी भारतबाट १७ जना, कतारबाट पाँच, दक्षिण कोरियाबाट तीन तथा अमेरिका, साउदी अरेबीया र बहराइनबाट एक÷एक जना फर्किएको भीमेश्वर नगरपालिकाले जनाएको छ । होम क्वारेन्टाइनमा बसेका उनीहरूमा हालसम्म कुनै स्वास्थ्य समस्या नदेखिएको नगरपालिका मेयर भरत केसीले जानकारी दिए । यस्तै जिरी नगरपालिकामा २१ जना मानिसहरू विदेशबाट भित्रिएका छन् । जसमध्ये सबैभन्दा बढी भारतबाट १९ जना आएका छन् भने दुवई र कम्बोडियाबाट एक÷एक जना आएका छन् । दोलखाका ९ स्थानीय तहमध्ये सबैभन्दा बढी जिल्लाको कालिञ्चोक गाउँपालिकामा ९३ जना मानिसहरू विदेशबाट फर्किएका छन् । कालिञ्चोक गाउँपालिकामा ८६ जना भारतबाट, ६ जना दुवईबाट र एक जना मलेसियाबाट फर्किएका छन् । यसैगरी विगु गाउँपालिकामा ३० जना मानिसहरू विदेशबाट फर्किएको बिगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिए । बिगुमा पनि सवैभन्दा बढी भारतबाट १९, दुवईबाट ५, मलेसियाबाट तीन, साउदीबाट दुई र साइप्रसबाट एक जना नागरिक पालिकमा फर्किएका छन् । गाउँ फर्केका ३० जना नै होम क्वारेन्टाइनमा बसेको खड्काले जानकारी दिए । बैतेश्वर गाउँपालिकामा २७ जना नागरिक विदेशबाट गाउँ फर्किएका छन् । बैतेश्वरमा सबैभन्दा बढी भारतबाट २१ जना, दक्षिण कोरियाबाट ५ जना र बंगलादेशबाट एक जना फर्किएको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । बैतेश्वरमा विदेशबाट फर्किएकाहरूमा कुनै स्वास्थ्य समस्या नदेखिएको र सबैको अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै मेलुङ गाउँपालिकामा भारतबाट १० जना, दुवईवाट दुई जना, जापान र कतारबाट एक÷एक जना गरी १४ जना गाउँ फर्केको गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए । मेलुङ गाउँपालिकाले विदेशबाट गाउँ फर्केका सबैको घरमा रातो झण्डा राखेको छ । जिल्लाको गौरीशंकर गाउँपालिकामा ३७ जना मानिस विदेशबाट फर्किएका छन् । जसमा ३५ जना भारतबाट, एक जना जापान र एक जना मलेसियाबाट फर्किएको गौरीशंकर गाउँपालिकाकाले जनाएको छ । यता जिल्लाको तामाकोशी गाउँपालिकामा ८७ जना मानिस विदेशबाट फर्किएका छन् । तामाकोशीमा गाउँपालिकामा भारतबाट ८४ तथा मलेसिया, कतार र दुवईबाट एक÷एक जना मानिस गाउँ फर्केका हुन् । शैलुङ गाउँपालिकामा सबैभन्दा कम मानिस विदेशबाट फर्केका छन् । शैलुङमा ८ जना मात्रै मानिसहरू विदेशबाट फर्किएका गाउँपालिकाले जनाएको छ । शैलुङमा भारतबाट ४ जना, दुवईबाट तीन जना र इराकबाट एक जना आएको शैलुङ गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x