खुम्बुका व्यवसायीलाई खाद्यान्न सामग्रीको म्याद सकिने चिन्ता

सोलुखुम्बु,चैत २४
लकडाउनका कारण खुम्बु क्षेत्रमा खाद्यन्न सङ्कट नहुने त्यसक्षेत्रका व्यवसायीहरूले बताएका छन् । पर्यटकीय सिजनलाई लक्षित गरी दैनिक उपभोग्य वस्तुको ढुवानी गरी भण्डारण गरिसकेकाले उपभोग्य वस्तुको अभाव नहुने नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताए । पर्यटकलाई लक्षित गरी ढुवानी गरिएकाले स्थानीयलाई खाद्यान्नको अभाव नहुने उनको भनाइ छ । उनका अनुसार पर्यटकीय सिजनलाई लक्षित गरी खुम्बु क्षेत्रका अधिकांश होटल तथा पसलहरूले यसअघि नै खाद्यान्न सामग्रीहरू भण्डारण गरिसकेका थिए । सिजनको सुरुमै कोरोनाका कारण पर्यटक आउन नसक्दा ती खाद्य वस्तुहरू मौजात रहेका छन् । कतिपय खाद्य वस्तुहरू उपभोग गर्न नसक्दा म्यादसमेत सकिने चिन्ता बढेको अर्का व्यवसायी ङातेम्बा शेर्पाको भनाइ छ ।
आपूmहरूले पर्यटक लक्षित गरी ढुवानी गरेको भए पनि अहिले कोरोनाले पर्यटक नआएकाले खाद्यान्नको म्याद गुज्रिने चिन्ता बढेको उनले बताए । विदेशीका लागि ल्याइएका चक्लेट तथा क्यानका खानेकुराहरूको म्याद अत्यन्तै कम हुने भएकाले त्यस्ता सामग्रीहरू त्यतिकै खेर जाने उनले चिन्ता व्यक्त गरेका छन् । यसरी हेर्दा खुम्बुमा खाद्यान्न अभावभन्दा पनि खाद्यान्न खेरे जाने हो कि भन्ने चिन्ता बढेको व्यापारिहरूको भनाइ छ ।म्याद गुज्रिनुभन्दा पहिले नै यो सामान बिक्री हुने सम्भावना कम भएकाले पनि थप समस्या हुने व्यापारीले बताउने गरेका छन् । खुम्बुमा पर्यटकीय सिजनमा पर्यटक भरिया तथा गाइडहरूका लागि चामल, दाल, चिनी, नुन, तेललगायतका समग्रीहरू समेत मौजात गरेका थिए । तर, सिजन अगावै देश लक डाउन हुदा अधिकांश खाद्य वस्तुहरू बाँकी रहेको लुक्लाका जाङबु शेर्पाले बताए । लगानी नै ढुब्ने अवस्थामा पुगेको उनले गुनासो गरे ।
ताजा अपडेट
- भारतद्वारा पाम आयलमा प्रतिबन्ध : नेपाली उद्योग धराशायी हुँदै
- ‘निर्वाचन व्यवस्थापनमा मानव संसाधन नीति–२०७७’ कार्यान्वयनमा
- चालू आवको छ महिनामा विराटनगरको राजस्वमा वृद्धि
- सरकारको वित्त १२ अर्ब ७२ करोड रुपैयाँले घाटामा
- छ महिनामा ८६ प्रतिशत होला विकास खर्च ?
- भारतले उत्पादन गरेको कोरोना खोपलाई नेपालमा अनुमति
- प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाइ
- सवारी कर पनि ‘नागरिक एप्स’बाट संकलनको तयारी
धेरैले पढेको
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- विद्यार्थीलाई न्यानो कपडा वितरण
- निःशुल्क स्वास्थ्य शिविर
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- डिजिटल नेपाल र शिक्षा क्षेत्र
- लिवाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा
- अंग्रेजी नयाँ वर्षमा कालिञ्चोकमा १० हजार पर्यटक
- सडकलाई स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउनैपर्ने सरकारको निर्णय
तपाईको प्रतिक्रिया