अफगानिस्तानमा लगानी गर्न तालिबानको अनुरोध
अफगानिस्तान । कतारलाई आफ्नो देशमा लगानी गरिदिन अफगानिस्तानको तालिबान सरकारले आग्रह गरेको छ । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले अफगानिस्तानमा लगानी बढाउन र अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध सुधारका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
अफगानिस्तानको कान्दाहार भ्रमणमा रहेका कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई कतारका प्रवक्ताले यस्तो आगैह गरेका हुन् ।
अफगानिस्तानी सरकारका प्रवक्ताले कतारलाई यसअघि दिँदै आएको सहयोग यथावत राख्न र विश्वका अन्य देशमा रहेको आशंका हटाउन कूटनीतिक भूमिका अेल्न आग्रह गरेको बताएका छन् ।
यसैबीच कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेख मोहम्मदले अमेरिकी विदेशमन्त्री विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग कुरा गरी द्विपक्षीय सम्बन्ध र अफगानिस्तानको अवस्थाबारे छलफल गरेको बताएको छ ।
कतारले अमेरिका र तत्कालीन इस्लामिक इमिरेट्सको राजनीतिक कार्यालयबीच शान्ति वार्ताको आयोजना गरेको थियो । त्यसपछि अमेरिका र तालिबानबीच शान्ति सम्झौता भएको थियो ।
कतारको आफ्नो मुख्य चासो क्षेत्रीय मध्यस्थकर्ताको रूपमा बलियो बनाउ खोजेको देखिन्छ । सन २०१३ मा कतारले बाराक ओबामाको नेतृत्वमा अमेरिकी प्रशासनको सहयोगमा तालिबानलाई दोहामा कार्यालय खोल्न अनुमति दिएपछि कतार र तालिबानबीचको सम्बन्ध सुरु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 5
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया