Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयुनियन लाइफ इन्स्योरेन्सका अध्यक्ष समेत रहेका शंकर ग्रुपका अग्रवाल पक्राउ

युनियन लाइफ इन्स्योरेन्सका अध्यक्ष समेत रहेका शंकर ग्रुपका अग्रवाल पक्राउ


काठमाण्डौं,चैत २६

युुनियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष समेत रहेका शंकर ग्रुुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा टेकुुका अनुुसार कालोबजारी गरेको अभियोगमा अग्र्रवाललाई मंगलबार नक्सालबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार चर्को मूल्यमा ज्वरो मापन गर्ने थर्मल गन बिक्री गर्ने प्रयास गरेकोले उनलाई पक्राउ गरिएको हो । अग्रवालले सामान्य अवस्थामा पाँच हजार रुपैयाँ पर्ने थर्मल गनलाई विश्वव्यापीरुपमा फैलिएको कोरोना (कोभिड १९) को महामारीको मौका छोपेर १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेका थिए ।

सोही अभियोगमा पक्राउ परेको अग्रवालबाट ६७ थान थर्मल गर्न बरामद गरिएको पनि प्रहरीले जानकारी दिएको छ । किर्गिस्तानका अवैतनिक महावाणिज्य दूत समेत रहेका अग्रवालले कूटनीतिक नियोगको गाडी समेत दुुरुपयोग गर्दै कालोबजारी गर्ने गरेको प्रहरीले बताएको छ ।

उनको साथबाट २०९८ सीसी वान नम्बरको गाडी समेत बरामद भएको छ । प्रहरीका अनुसार शंकर ग्रुुपले गत शनिबार मात्र छिमेकी राष्ट्र चीनको ग्वान्झाओबाट सात
टन मेडिकल सामग्री ल्याएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
priya Bhusal
priya Bhusal
4 years ago

लोटा लिएर आएका यसै धनी भा”का होइनन् दु:ख पिडाको यस्तै समयमा कालो बजारी गर्न पल्केका बज्याहरुलाई सो सम्पत्ति जफत गरी खोरमा थुन्नु पर्छ ।

Mandip chaurasiya
Mandip chaurasiya
4 years ago

Yasto lai ta janma kaid hunuparxa

Dhiraj agrawal
Dhiraj agrawal
4 years ago

राम्रो गर्यो सरकार ले तर सरकार अर्को प्रस्न -3000/- पर्ने PPI 15000/- मा बेच्दा उसलाई चै किन कारबाहीमा न पारेको

Balendra Singh
Balendra Singh
4 years ago

gaiko bheshma bwanso bhai Nepal chusne yasta narapisachharulai kada danda diera janatalai rahat dinu parchha.

4
0
Would love your thoughts, please comment.x
()
x