नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन
काठमाडौं । नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको हालै अवलोकन गरिन् ।
सो अवसरमा एमएसआई नेपालका वरिष्ठ सल्लाहकार डा. केपी उपाध्याय र कार्यकारी निर्देशक तुषार निरौलाले नेपालमा एमएसआईले यौन तथा प्रजनन स्वास्थ्य सेवा र अधिकारको पैरवी क्षेत्रमा गरिराखेका सेवा तथा कामका बारेमा जानकारी दिएका थिए ।
यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका क्षेत्रमा नर्वे सरकारले लामो समयदेखि एमएसआईलाई आर्थिक सहयोग गर्दै आएको छ । यसैको फलस्वरुप सो क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको जनाइएको छ । नेपालमा भएको परिवर्तन तथा प्राप्त उपलब्धिलाई दीगो बनाउन आवश्यकपर्ने सहयोगको महत्वबारे नर्वेको उच्च प्रतिनिधिमण्डललाई एमएसआईको तर्फबाट सो द्विपक्षीय भेटमा जानकारी गराइएको थियो ।
राससका अनुसार नर्वे सरकारको विकास सहायतासम्बन्धी निकाय (नोराड) ले सन् २०१४ देखि नेपालका दुर्गम भेगमा महिलालाई गर्भनिरोधक उपायसम्बन्धी सेवा र औषधिद्वारा गरिने गर्भपतन (मेडिकल एर्बोसन) सुविधाप्रदान गर्न एमएसआईलाई आर्थिक अनुदान उपलब्ध गराइरहेको छ ।
समुदायमा परिचालन भएका मिडवाइफ (एमएसआई लेडिज)ले कतिपय अवस्थामा प्रजननसम्बन्धी सेवाको पहुँच नभएका महिलालाई सेवा दिनका लागि छदेखि आठ घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था विद्यमान छ । यही अवस्थालाई ध्यान दिएर एमएसआईले समुदाय तहमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । भ्रमणका क्रममा नर्वेका प्रतिनिधिमण्डलले एमएसआईका सदस्य र संस्थाको सहयोग पाइरहेका किशोरीसँग प्रत्यक्ष भेटेर प्रजनन स्वास्थ्य र छनोटको पहुँचपछि उनीहरुको जीवनमा भएको परिवर्तनबारे जानकारी लिएको थियो ।
सो अवसरमा नर्वे सरकारको सहायताप्रति आभार प्रकट गर्दै एमएसआई सुनौलो परिवार नेपालका कार्यकारी निर्देशक निरौलाले भने, “महिला र किशोरीका लागि शिक्षा, शारीरिक स्वायत्तता (आफ्नो शरीरबारे निर्णय लिने अधिकार) तथा जीवनलाई अघि बढाउने मार्ग तय गर्नेलगायत अधिकार प्राप्त गर्न प्रजनन छनोट आधारभूत विषय हो । यसैले नर्वेको सहायतापछि नेपालको महिला र किशोरीको स्वास्थ्य, जीवन र भविष्यका लागि भएका परिवर्तन र यसमा परेको प्रभावबारे जानकारी गराउन पाउँदा हर्षित छौँ ।”
सो अवसरमा नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमले भनिन्, “एमएसआई नेपालले निरन्तररुपमा नेपालमा सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्नका लागि प्रभावकारी र महत्वपूर्ण योगदान गरिरहेको छ । यसरी दुर्गम भेगमा विपन्न र पिछडिएका समुदायलाई नौलो तरिका अपनाएर सहयोग गर्दै यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा एमएसआईले गरेको योगदानप्रति म आभार एवं धन्यवाद प्रदान गर्न चाहन्छु ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया