Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवन निगमको सीईओ बनाउन मन्त्रीलाई ‘एड्भान्स घुस’

वन निगमको सीईओ बनाउन मन्त्रीलाई ‘एड्भान्स घुस’


काठमाडौं,जनता समाजवादी पार्टीका प्रदीप यादव वन तथा वातावरण मन्त्री भएका बेला नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाइदिने आश्वासन दिएर उठाएको रकम काम नभएको १० महिना पुग्न लाग्दा पनि फिर्ता नभएपछि विवाद बाहिरिएको छ ।

यादव मन्त्री भएका बेला निक्षेप तथा कर्जा सुरक्षण कोषका पूर्वप्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले निगमको प्रमुख कार्यकारी अधिकृत हुन जोडबल गरेका थिए । तत्कालीन मन्त्री यादवका मामा–चेला फुपू–चेलाका दाजुभाइ हौँ भनी डा. विश्वेश्वरप्रसाद यादवले नियुक्ति गराइदिने भनी मिश्रसँग सम्बन्ध स्थापित गरेका थिए ।

मन्त्री यादवसँग नाता रहेको बताएर मिश्रसँग रकम उठाउने व्यक्ति डा. विश्वेश्वरप्रसाद यादव अरु कोही नभएर कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेशका प्रमुख हुन् ।मिश्रलाई वन निगमको सीईओ बनाइदिने ग्यारेन्टी लिएर डा. यादवले मिश्रसँग २३ लाख रुपैयाँ लिएको उनीहरूबीचको म्यासेज आदानप्रदानले देखाएको छ ।

२०७९ भदौदेखि मन्त्री यादवसँग सेटिङ मिलाएर मिश्रलाई निगमको सीईओ बनाइदिने धन्दामा लागेका डा. यादवले मन्त्रीलाई दिन भनी पटक–पटक गरी लिएको २३ लाख रुपैयाँ एड्भान्स मात्र भएको बताइएको छ ।मिश्रलाई सीईओ बनाइदिएपछि उनले डा. यादवमार्फत मन्त्री यादवलाई डेढ करोड रुपैयाँ बुझाउनुपर्ने मौखिक सहमति भएको स्रोतको दाबी छ ।

मिश्रलाई नियुक्ति दिलाउने सेटिङअनुसार वन निगमको लागि सीईओ पदको दरखास्त आह्वान भएको थियो र मिश्रले प्रस्ताव तयार पार्न लगाएर आवेदन गरेका थिए तर छनोट समितिले मिश्रको योग्यता नपुगेको भनी उनको आवेदन खारेज गरेको थियो र उनीहरूको सेटिङ भत्किन पुगेको थियो ।

सेटिङ भत्किएपछि मिश्रले नियुक्तिका लागि दिएको एड्भान्स रकम फिर्ता गर्न डा. यादवलाई पटक–पटक ताकेता गरेको कुरा डा. यादवले स्वीकारेका हुन् । आर्थिक दैनिकका प्रतिनिधिसँग आइतबार भएको टेलिफोन वार्तामा मिश्रसँगको लेनदेनको विवाद सहमति नजिक पुगेको बताएका हुन् ।

उनीहरू दुईबीच मोबाइलमा भएको म्यासेज आदानप्रदानमा रकम फिर्ता नदिए रेकर्ड सार्वजनिक गर्ने, मिडियामा जाने भनी पूर्वसीईओ मिश्रले डा. यादवलाई धम्क्याएको पाइएको छ । साथै उनले चेकमार्फत दिएको एड्भान्स घुस डा. यादवले आफ्नो ड्राइभरको परिचयपत्रको फोटोकपी राखेर बैंकबाट साटेर लिएको भेटिएको छ ।२३ लाख रुपैयाँमध्ये २० लाख मात्र फिर्ता दिएपछि मिश्र र मन्त्रीका नातेदार डा. यादवबीच तिक्तता बढ्दै गएको हो ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया