Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतरकारी बारीमै सुक्न थालेपछि किसान चिन्तित

तरकारी बारीमै सुक्न थालेपछि किसान चिन्तित


सोलुखुम्बु,चैत २७

लकडाउनका कारण तरकारी बारीमै सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरस जोखिमका कारण अहिले देश लकडाउनमा रहेको छ । जसले गर्दा किसानले उत्पादन गरेको तरकारी बारीमै सुकेको हो । अहिले लकडाउन लम्बिदै गएको छ । आपूmहरूले उत्पादन गरेको तरकारी बारीमै सुकेको सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माका कृषक ग्याल्जेन शेर्पाले बताए ।

उनका अनुसार बजारका लागि उत्पादन गरिएको साग, धनियाँ, टमाटर, हरियो प्याजलगायतका तरकारीहरू बजार बन्द हुँदा बारीमै सुकेर खेर जान थालेका हुन् । लकडाउनका कारण सबैतिर बजार पसल बन्द रहेका छन । सवारी साधनहरू चल्न नसक्दा उत्पादित तरकारीहरू बजारमा पु¥याउन नसकेको नगरपालिका वडा नम्बर ११ तिङलाका कृषक धनबहादुर बस्नेतको भनाइ छ ।

बोकेरै भए पनि बजारसम्म पु¥याउनका लागि आपूmहरू तयार रहेको भए पनि बजार नलागेकाले थप समस्या भएको उनले बताए । तरकारीलाई नै आम्दानिको मुख्य स्रोत बनाएका किसान अहिले बजार बन्द हुँदा समस्या उत्पन्न भएको बताउने गरेका छन् । नगरपालिका तथा अन्य स्थानबाट समेत सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाटमा बिक्रीका लागि तरकारी तथा अन्य उपभोग्य वस्तुहरू ल्याउने गरिन्छ । अहिले सो साप्ताहिक हाट ३ हप्तादेखि बन्द रहेको छ ।

जसका कारण किसानले उत्पादन गरेको कृषि उपज बारीमा नै नष्ट हुने अवस्था सृजना भएको छ । किसानले उत्पादन गरेको तरकारीले बजार नपाइरहेको समयमा सदरमुका सल्लेरीमा बसोबास गर्नेहरूले भने हरियो तरकारी खान नपाएको गुनासो गरिरहेका छन । बजार नलागेकाले अरियो तरकारी पाउन छाडेको सल्लेरीका स्थानीयले बताएका छन् ।

कोही कसैले आफ्नै घरमा लगाएर खाने गरेकको भए पनि सरकारी कार्यालयका कर्मचारीको भान्सामा भने हरियो तरकारी पाक्न छाडेको छ । आलुमा रातो मिलाको प्रक्रोप सोलुखुम्बुको तिङलाका कृषकहरूले उत्पादन गरेको आलुमा रातो कमिलाको प्रकोप देखिएको छ । सोलु दुधकुण्ड नगरपालिका ११ तिङ्ला क्षेत्रका सानहरूले उत्पादन गरेका हिउँदे आलुमा रातो कमिलाको प्रकोप देखापरेको किसानहरूको भनाइ छ ।

रातो कमिलाले आलुको भित्री भागमा प्रवेश गरी भित्रभित्रै खोक्रो पार्ने गरेको स्थानीय कृषक मुना राईको बताइन् । आम्दानी होला कि भनेर लगाइएको आलु कमिलाले सखाप पारेपछि चिन्ता बढेको राईको भनाइ छ । आयआर्जनमा केही सुधार हुने विश्वासका साथ लगाएको आलुमा कमिलाले सखाप पार्दा थप चिन्ता बढेको अर्का कृषक मकरबहादुर राईले गुनासो गरे ।

आपूmहरूले घरकै लागि मात्र केही मात्रमा आलु लगाएको भए पनि बारीमै किराले खोक्रो बनाउँदा गाउँले निराश बन्दै गएको अर्का कृषक शौमाया सार्कीले बताइन् । तिङ्लाको बासीगाउँ, देउराली, ढोरेनी, खाल्पालगायतको क्षेत्रमा हिउँदे आलु उत्पादन हुने गरेको छ । तर, कमिलाले सखाप बनाएपछि किसानको चिन्ता बढेको छ । अहिलेको लकडाउनका कारण कुनै पनि प्राविधिकसमेत नआउने भएकाले पनि किसानहरू थप मर्कामा परेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x