Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन हजार छ सय एटीएम काउन्टर सञ्चालन

तीन हजार छ सय एटीएम काउन्टर सञ्चालन


काठमाण्डौं,चैत २८

देशभर बैंक तथा वित्तीय संस्थाहरुको तीन हजार छ सय ६२ वटा एटीएम काउन्टर सञ्चालनमा रहेकाछन । नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा उक्त संख्यामा एटीएम काउन्टरहरु सञ्चालनमा रहेका हुुन् । उक्त एटीएम काउन्टर २७ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीसहित कुुल ७३ वटा संस्थाहरुको हो, राष्ट्र बैंकले भनेको छ । गत आवको सोही अवधिमा भने बैंक तथा वित्तीय संस्थाहरुको कुुल एटीएम काउन्टरको संख्या तीन हजार ४९ वटा रहेका थिए ।

कुुल एटीएम काउन्टरमध्ये चालू आवको पछिल्लो अवधिमा वाणिज्य बैंकहरुको मात्र तीन हजार दुुई सय ७४ वटा रहेकाछन । यीबाहेक विकास बैंकहरुको तीन सय ३७ र फाइनान्स कम्पनीहरुको ५१ वटा एटीएम काउन्टरहरु सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने २८ वटा वाणिज्य बैंक, ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीसहितका कुुल ८५ वटा संस्थाहरुको सञ्चालनमा रहेका एटीएम काउन्टरको संख्या तीन हजार ४९ वटा रहेका थिए ।

अहिले धेरैजसो बैंक तथा फाइनान्स कम्पनीहरु एससीटी नेटवर्कमा आबद्ध भएको र यो नेटवर्टमा आवद्ध हुंदा एउटै बैंकको एटीएम कार्ड पनि नेटर्वकमा आबद्ध भएका धेरै बैंकहरुमा प्रयोग गर्न मिल्ने भएपछि एटीएम काउन्टरको संख्या शाखाको तुुलनामा कम भएको, राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकका अनुुसार बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने चालू आवको माघ मसान्तसम्ममा पाँच हजार छ सय ६१ वटा रहेको छ । सोमध्ये वाणिज्य बैंकहरुको मात्र कुुल शाखा संख्या चार हजार ७७ वटा रहेका छन् । यीबाहेक विकास बैंकहरुको एक हजार तीन सय ११ वटा एवं फाइनान्स कम्पनीहरुको दुई सय ३३ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या चार हजार छ सय ४४ वटा रहेको थियो । सोमध्ये वाणिज्य बैंकहरुको मात्र कुुल शाखा संख्या तीन हजार दुुई सय ६६ वटा रहेका थिए ।

उक्त अवधिमा विकास बैक र फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने एक हजार एक सय ८१ र एक सय ९७ वटा रहेका थिए । राष्ट्र बैंकका अनुसार बैक तथा फाइनान्स कम्पनीहरुबाहेक ८९ वटा लघुुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेको र यि संस्थाहरुको कुुल शाखा संख्या भने चालू आवको माघ मसान्तसम्ममा तीन हजार नौ सय २९ वटा पुुगेको छ । सोही आधारमा लघुुवित्त संस्थाहरुको शाखालाई समेत समाबेश गर्ने हो भने नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको कुुल शाखा संख्या नौ हजार पाँच सय ५० वटा पुुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x