आरोप राफसाफ नभएसम्म संसद चल्न दिन्नौं : सुवास नेम्वाङ
काठमाडौं। शुक्रबार संसद बैठक शुरु हुनासाथ एमाले सांसदहरुले उभिएर बैठक अवरोध गरेका हुन्।पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि पशुपतिनाथमा सुनको जलहरी भनेर पित्तलको जलहरी चढाइएको आरोप लगाएको भन्दै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको हो।
एमाले सांसदहरुले आधारहीन आरोप लगाउने सांसदमाथि कार्बाही र संसदीय रेकर्डबाट नहटाएसम्म अवरोध कायमै राख्ने बताए । एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख प्रतिपक्षी दलका अध्यक्षमाथि लागेको आरोपबारे प्रष्ट निर्णय नभएसम्म बैठक चल्न नदिने अडान लिएका छन् ।
सुवास नेम्वाङले भ्रष्टाचार भएमा कार्बाही गर्न सक्ने सत्तारुढबाटै प्रमुख प्रतिपक्षमाथि आधारहीन आरोप लगाइएको बताए । ’मैले तीन पटक सुनेँ । सुनको जलारीको नाममा पशुपतिनाथमा पित्तलको जलारी चढाएर भ्रष्टाचार गर्ने काम गरेको छ । पार्टीको नेतामाथि यस्तो आरोप लागेको छ’, नेम्वाङले भने । उनले यो आरोप राफसाफ नभएसम्म संसदीय प्रक्रियामा सहभागी हुन नसकिने बताए।
एमाले नेताहरुले उभिएर संसद अवरोध गरिरहेकै बेला सभामुख घिमिरेले माओवादी केन्द्रका हितराज पाण्डेलाई बोल्ने समय दिएका थिए। त्यसपछि एमाले सांसदहरुले रोष्टममै गएर नाराबाजी गर्न थालेपछि सभामुख घिमिरेले २० मिनेटका लागि बैठक स्थगित गरे।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया