Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाका कारण मृत्यू हुने गैरआवासीय नेपालीको संख्या १४ पुग्यो

कोरोनाका कारण मृत्यू हुने गैरआवासीय नेपालीको संख्या १४ पुग्यो


 काठमाडौ, चैत ३०

विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको ज्यान गएको छ ।

स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । नेपालमा ३ हजार ५ सय २५ जनामा परिक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण देखिएको छ भने १ जना कोरोना मुक्तको समितिले जनाएको छ ।

विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारिएको डा। सापकोटाले जनाए । संक्रमित हुनेमा देशमा अमेरिका ५ सय, युके १ सय, स्पेन १८, युएई १०, जर्मनी ४, पोतुगल ८, अष्ट्रेलिया ९, साउदी अरब ४, कुवेत ५, जापान १, मलेसिया १, म्यानरमार १ र हङकंङ १ जना कोरोना संक्रमित रहेको समितिले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x