सिंगापुर पठाउँछु भन्दै ३९ जना ठगी गर्ने सुजन आचार्य फरार
काठमाडौं । आफूलाई नेपालकै कान्छो पत्रकार भनेर चिनाउने उदयपुर त्रियुगाका सुजन आचार्यले सिंगापुर पठाउँछु भन्दै ३९ जना ठगेको पाइएको छ । आचार्यले आफ्नै प्रेमिका बिनु शाक्य र सानिमाको छोरा (भाइ) सृजन निरौलाको प्रयोग गरी ठगेको पीडितहरूले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
आचार्यले सिंगापुरमा आफ्नै कम्पनीमा प्रतिमहिना चार लाखभन्दा बढी तलब हुने र सोहीअनुसार अन्य सुविधासहित रोजगारी दिने आश्वासन दिएर २०७९ सालमा आफूहरूसँग प्रतिव्यक्ति पाँच लाख रुपैयाँदेखि २० लाखसम्म असुलेको पीडितहरूको दाबी छ ।
पीडितहरूका अनुसार चैत्र २६ गते पक्राउ पुर्जी जारी हुँदा समेत भाग्न सफल भएका आचार्यसँग अन्य व्यक्तिहरू समेत पीडित भएको र उनले सबैसँग गरी कुल १० करोड रुपैयाँ ठगी गरेको दाबी गरे । पीडितहरूमध्ये धेरैले सुजनकी प्रेमिका भनिने बिनु शाक्यको नेपालस्थित इन्भेष्टमेन्टको बैंक खातामा पैसा हालिदिएको उनीहरूको दाबी छ । हाल बिनु सिंगापुरमै लुकेर बसेको उनीहरूको भनाइ छ । पक्राउ पुर्जी जारी भएपछि सुजनका सानिमाका छोरा (भाइ) सृजनलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।
नेपालका नेता, मन्त्री, व्यवसायी पुलिसलाई आफूले पैसा दिएर पाल्ने गरेको दाबी गर्ने आचार्यले आफूलाई नेपालका प्रहरीले पक्राउ गर्न नसक्ने भनेर उल्टै पीडितहरूलाई नै धम्काउन थालेको समेत पीडितहरूले बताए । आचार्य केही समयअघि मात्र एक नेपाली मोडलसँग सात करोडको बार्गेनिङ गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- यही हो त प्रहरीको जनसेवा ?
- मिलन सहकारीमा पैसा लिन आउनेको भिड
- (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत सिइओ अलब्राइट काठमाडौंमा
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया