Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमित देशबाट आएका सबैको ¥यापिड टेष्ट हुने

कोरोना संक्रमित देशबाट आएका सबैको ¥यापिड टेष्ट हुने


दोलखा ,वैशाख २

कोरोना संक्रमित देशबाट जिल्ला भित्रिएका सबैको व्यक्तिहरूको ¥यापिड टेष्ट हुने भएको छ । दोलखामा कोरोना संक्रमित विभिन्न १४ वटा देशबाट तीन सयपचासको हाराहरीमा मानिसहरूभित्रिएका छन् । उनीहरू सबैमा कोरोना संक्रमण भए÷नभएको परीक्षण गरिनेस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।

दोलखामा विदेशबाट आएकामध्ये अधिकांश कोरोना संक्रमित मुलुकबाट फर्किएको पाइएकोले उनीहरूको चेकजाँच गर्न लागिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवम् जिल्ला विपत् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए । विदेशबाट फर्किएका कोही पनि स्थानीयतहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छैनन् ।

उनीहरू अहिले होम क्वारेन्टााइनमा बसिरहेको झाले जानकारी दिए । साथै उनीहरूकसैको पनि स्वास्थ्य अवस्था चेकजाँच गरिएको छैन । कोरोना परीक्षण गर्ने स्वास्थ्य सामग्री जिल्ला आइपुगेकोले अब सबैकोस्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य प्रमुख झाले बताए । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले पठाएको तीन सय थान ¥यापिड टेष्ट किट आइतबार जिल्ला आइपुगेको झाले जानकारी दिए । कोरोना संक्रमण हुन नदिन क्वारेन्टाइनमा राखिएका र विदेशबाट आएकाहरूको स्वास्थ्य जाँच गर्ने उनले बताए ।

दोलखाका नौ स्थानीयतहले विदेशबाट जिल्ला भित्रिएकाहरूको तथ्यांक संकलन गरिसकेका छन् ।स्थानीय तहले गरेको तथ्याङ्क संकलनअनुसार जिल्लाभर भारतलगायतका १४ मुलुकबाट तीन सय ४८ जना जिल्ला फर्केका छन् । सबै स्थानीय तहहरूलाई आवश्यकताअनुसार¥यापिड टेष्ट किट वितरण गरिने झाले जानकारी दिए।भारत लगायत तेस्रो मुलुकबाट जिल्ला भित्रिएकामध्ये १४ देखि २१ दिन पुगेकाको रगतको नमुना संकलन गरी संक्रमणको अवस्था जाँच गर्नको लागि ¥यापिड टेष्ट किट प्रयोग हुनेगरेको सूचना अधिकारी झाले जानकारी दिए । टेष्टको रिपोर्ट पोजेटिभ आयो भने उपचारको लागि सम्बन्धित अस्पतालनमा पठाइने उनको भनाइ छ ।

जिल्लामा साढे तीनसय मानिस बाहिरी देशबाट भित्रिएपनि ¥यापिड टेष्टको लागि तीन सय थान मात्र किट प्राप्त भएको छ । त्यसैगरी एक साताअघि कालिञ्चोक गाउँपालिकाको सिंगटी क्वारेन्टिनमा बसेका एक जनालाई कोरोनाको संक्रमणको आशकामा गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । भारतबाट आई क्वारेन्टिनमा बसेका उनको स्वाब परीक्षणका लागि काठमाडौं स्थित टेकु अस्पताल पठाइएको थियो । आइतबार रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x