Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअत्यावश्यक सामान बोक्ने सवारीसाधनमा किटनाषक औषधि छर्किन सुरु

अत्यावश्यक सामान बोक्ने सवारीसाधनमा किटनाषक औषधि छर्किन सुरु


दोलखा,वैशाख ३

मा अत्यावश्यक सामान बोक्ने सवारीसाधनमा किटनाषक औषधि छर्किन सुरु गरिएको छ । जिल्लाका तीन स्थानीय तहले अत्यावश्यक सामान बोक्ने सवारीसाधन आवतजावत गर्दा कोरोना भाइरस फैलिन सक्ने भन्दै सवारीसाधनमा औषधि छर्न सुरु गरेको जानकारी दिएका छन् ।

भीमेश्वर नगरपालिका, जिरी नगरपालिका र बिगु गाँउपालिकामा किटनाशक औषधि छर्किन सुरु गरिएको हो । नेपालका ठूला व्यापारी केन्द्रबाट सामान लिएर सवारीसाधन गाउँ आउने भएकाले कोरोना संक्रमण रोक्न औषधि छर्किन सुरु गरेको बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताए । काठमाडौँ,वीरगञ्जलगायतका मुख्यसहरमा कोरोना संक्रमण भएको पुष्टि भएको र त्यहाँबाट अत्यावश्यक सामग्री लिएर सवारी साधन गाउँ भित्रिने भएकोले कोरोना सर्ने उच्च जोखिम हुँदा सतर्कता अपनाई गाउँपालिकाप्रवेश गरेका मालवाहक सवारी साधनलाई औषधि छर्न सुरु गरेकोखड्काको भनाई छ ।

अध्यक्ष खड्काले सोडियम हाइड्रोक्लोराइड नामक औषधि छर्केको जानकारी दिए । गाउँपालिकाको सीमानामा उक्त औषधि छर्केपछि मात्रै पालिका प्रवेश गर्न दिने गरेको उनले बताए । लकडाउनकारण जिल्ला प्रवेश गर्ने अन्य सवारीसाधन बन्द गरिएपनि जिल्ला प्रशासनले अत्यावश्यक सामान खाद्यान्न, स्वास्थ्य सामग्री र बिरामी बोक्ने एम्बुलेन्सलगायतका सवारीलाई भने पास दिएर जिल्लाभर ओहोरदोहोर गर्न दिँदै आएको छ। गाउँपालिकाले ती अत्यावश्यक खाद्यान्न ढुवानी गर्ने सवारी साधन, बिरामी ओसारपसार गर्ने एम्बुलेन्स तथा इन्धनलगायतका अत्यावश्यक सेवाका सवारी साधनमा दैनिक सोडियम हाइड्रोक्लोराइड छर्किने गरेको गाउँपालिकाले जनाएको छ।कोरोनाको जोखिम न्यूनीकरण गर्न गाउँपालिकाले गतशुक्रबारबाट यस्तो अभियान सुरु गरेको हो ।

त्यसैगरी दोलखाको सदरमुकाम चरीकोट र जिरी बजारमा पनि कोरोना फैलिन सक्ने भन्दै दुई नगरपालिकाले सोडियम हाइड्रोक्लोराइड औषधि छर्किएका छन्।भीमेश्वर नगरपालिकाले अघिल्लो साताबाट मुख्य बजार चरीकोटमा औषधि छर्किन सुरु गरेको हो । नगरपालिकाले धेरै मानिस जम्मा हुनेठाउँ सातदोबाटो चोक,पुरानो बजार चरिघ्याङ र बसपार्कलगायतका ठाउँमा सोडियम हाइड्रोक्लोराइड औषधि छर्किएको छ । त्यसैगरी जिरी नगरपालिकाले पनि नगरपालिकाभित्रका मुख्य बजार एरियामा कोरोना फैलिन सक्ने भन्दै गतसाताबाट सोडियम हाइड्रोक्लोराइड औषधि छर्किन सुरु गरेको हो।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x