Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंक तथा फाइनान्स कम्पनीमा निक्षेप खाता बढे

बैंक तथा फाइनान्स कम्पनीमा निक्षेप खाता बढे


काठमाण्डौं,वैशाख ५
बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा खाताको संख्या बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित सबै नेपालीको बैंक खाता अभियान सञ्चालन गरेपश्चात् निक्षेप तथा कर्जा खाताको संख्या बढेको हो ।

सोही आधारमा चालू आर्थिक वर्षको सात महिनाको अवधिमा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेका छन् । ती संस्थाहरुमा कुुल तीन करोड ११ लाख १२ हजार एक सय ९४ वटा निक्षेप खाता सञ्चालन हुुँदा कर्जा खाताको संख्या १४ लाख ९८ हजार चार सय ६७ मात्र रहेको छ ।

यस अवधिमा वाणिज्य बैंकहरुमा मात्र दुुई करोड ५६ लाख १९ हजार नौ सय ४९ वटा निक्षेप खाता सञ्चालनमा रहँदा कर्जा खाताको संख्या भने ११ लाख १३ हजार सात सय १९ रहेको छ ।

विकास बैंकहरुमा भने यस अवधिमा ४८ लाख ५५ हजार आठ सय ७२ वटा निक्षेप खाता सञ्चालनमा रहँदा कर्जा खाताको संख्या भने तीन लाख ३९ हजार नौ सय ८८ वटा मात्र रहेको छ । चालू आवको पछिल्लो छ महिनामा छ लाख ३६ हजार तीन सय ७३ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जा खाताको संख्या भने ४४ हजार सात सय ६० वटा मात्र रहेको छ ।

राष्ट्र बैंकका अनुुसार गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा दुुई करोड ५६ लाख ५८ हजार तीन सय ८७ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जा खाताको संख्या १३ लाख ६० हजार तीन सय १४ वटा रहेको थियो । उक्त अवधिमा वाणिज्य बैंकहरुमा मात्र दुुई करोड नौ लाख ७८ हजार दुुई सय ६१ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जातर्फ नौ लाख ८७ हजार नौ सय ४२ वटा खाता सञ्चालनमा रहेका थिए । यसैगरी विकास बैंकतर्फ पनि ४१ लाख २७ हजार आठ सय १८ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जातर्फ तीन लाख ३१ दुुई सय ३३ वटा खाता सञ्चालनमा रहेका थिए । फाइनान्सतर्फ भने गत आवको छ महिनामा पाँच लाख ५२ हजार तीन सय आठवटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जातर्फ ४१ हजार एक सय ३९ वटा खाता सञ्चालनमा रहेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x