Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनकै समयमा बोलपत्र खरिदबिक्री

लकडाउनकै समयमा बोलपत्र खरिदबिक्री


सोलुखुम्बु,वैशाख ५

महेन्द्र शाही

सोलुखुम्बुको सोताङ गाउँपालिकाले लकडाउनको उल्लङ्घन गर्दै बोलपत्र खरिदबिक्री गरेको छ । गाउँपालिकाले सरकारले गरेको लकडाउनको प्रभाह नगरी बुधबार सडक स्तरउन्नतिका लागि ९ ओटा बोलपत्र फारम बिक्री गरेको हो ।

यद्यपी बोलपत्र खरिद प्रक्रिया अनिश्तिकालका लागि स्थगित गरेको छ । कोरोना सक्रंमण जोखिमका कारण देश लकडाउन भएकाले पालिकाले आह्वान गरेको हुँदा गाउँघर क्लिनिक सडक स्तरउन्नतिको टेन्डर खरिद प्रकृया अनिश्चित कालका लागी रोक्ने निर्णय गरेको प्रमुख प्रसाशकिय अधिकृत बसन्त गिरीले जानकारी दिए ।

उनका अनुसार गत चैत्र ४ गते आह्वान गरेको टेन्डरअनुसार बिहीबार अन्तिम मिति तोकिएको थियो । लकडाउँनका कारण ठाउँ÷ठाउँका विकास निर्माणका कामहरू अवरुद्ध बनेपनि सोताङ गाउँपालिकाले भने लकडाउनको कुनै प्रभाह नगरी बोलपत्र खरिदबिक्री गरेको पाइएको छ । लकडाउनकै कारण टेन्टर बिट गर्न नपाएको निर्माण व्यवसायी रामबहादुर राईको गुनासो छ ।

जिल्ला प्रशासनले जिल्लाभित्र हिँडडुल गर्न पास जारी नगर्ने जनाएपनि सोताङ प्रहरीले आफूलाई पैदल हिँडेरसमेत जान नपाएको उनको गुनासो छ । गाउँपालिकाले सडक स्तरउन्नतिका लागी गत चैत्र ४ गते एक करोड २१ लाख २७ हजार चार सय २७रूपैयाँ ८७ पैसाबराबरको बोलपत्र आह्वान गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x