Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखाद्यान्न बोक्न दिएको पासले मदिरा बोकेको ट्रक नियन्त्रणमा

खाद्यान्न बोक्न दिएको पासले मदिरा बोकेको ट्रक नियन्त्रणमा


कञ्चनपुर,बैशाख ७
लकडाउनका बेला बैतडीको मेलौलीमा खाद्यान्न ढुवानी गर्नेका लागि सवारी पास लिएको ट्रकले मदिरा ओसारपोसार गरेको पाइएपछि प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

मेलौली नगरपालिकाबाट वैशाख ४ गतेदेखि ८ गतेसम्मका लागि खाद्यान्न बोक्नका लागि लिइएको पासमा उक्त ट्रकले मदिरा बोकेको पाइएको छ । प्रहरीले चेकजाँचपछि शनिबार उक्त ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले फोनमार्फत जानकारी दिए ।

उक्त ट्रकबाट विभिन्न ब्राण्डका ४३ पेटी मदिरा बरामद गरिएको र थप अनुसन्धानको कार्यसमेत भएरहेको उनले बताए । मेलौलीमा ट्रक चेकजाँच गर्दा इलाका प्रहरी कार्यालय मेलौलीको टोलीले ट्रकमा पेटी देखेपछि शंका लागेर चेकजाँच गर्दा ट्रकमा मदिरा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए । चकजाँचपछि मदिरा भेटिएपछि ट्रकबाट मदिरा बरामद गरेको हो ।

ट्रकका साहु उत्तमसिंह पुजारा र चालक रोशन पन्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक धनदेव जोशीको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए । खाद्यान्न ढुवानी गर्ने भन्दै मेलौली नगरपालिकाबाट गाडीधनीले पास लिएर मदिरा बोकेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

लकडाउनका बेला सवारी पासको दुरुपयोग गरेकाले गाडी धनी पुजारालाई कानुनअनुसार कारबाही हुने प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए । प्रहरीले रातिको समयमा बैतडी भित्रिने ट्रकहरुलाई खोड्पेमा रोक्ने गरेको भए पनि गाडीधनीहरुले जबरजस्ती गरेर राति नै चलाउन खोज्ने गरेको समेत पाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया