Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसवारीसाधन खरिदमा बैंकहरुको कर्जा घट्यो

सवारीसाधन खरिदमा बैंकहरुको कर्जा घट्यो


काठमाण्डौं,बैशाख ८

सवारी साधन खरिदमा बैंक तथा फाइनान्स कम्पनीहरुको कर्जा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक एवं २२ वटा फाइनान्स कम्पनीहरुले सवारी साधन (हायर पर्चेज)मा मात्र एक खर्ब ८२ अर्ब ८३ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यस अवधिमा बैंक तथा फाइनान्सहरुले कुल ३५ खर्ब ६५ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ खर्ब ८५ अर्ब ६२ करोड ३० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्र चालू आवको पछिल्लो सात महिनामा कुल ३० खर्ब ६८ अर्ब ५६ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी २७ खर्ब ५४ अर्ब १० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा हायर पर्चेज क्षेत्रमा मात्र एक खर्ब ४५ अर्ब २७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यस अवधिमा विकास बैंकहरुले भने कुल चार खर्ब १५ अर्ब ३८ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ५७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा मध्ये विकास बैंकहरुले घरजग्गा क्षेत्रमा मात्र प्रवाह गरेको कर्जा रकम ३१ अर्ब ४४ करोड ५० लाख रुपैयाँ रहेको छ । फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो सात महिनामा ८१ अर्ब ४० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा हायर पर्चेज क्षेत्रमा मात्र प्रवाह गरेको कुल कर्जा रकम छ अर्ब १२ करोड २० लाख रुपैयाँ रहेको छ ।

राष्ट्र« बैंकका अनुसार गत आवको सोही अवधिमा भने २८ वटा वाणिज्य बैंक, ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरुले हायर पर्चेज क्षेत्रमा मात्र एक खर्ब ८३ अर्ब ९० करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप ३० खर्ब ८४ अर्ब ९० करोड ६३ लाख २० हजार रुपैयाँ रहेको थियो भने कुल कर्जा २७ खर्ब ६१ अर्ब ८४ करोड ३२ लाख २० हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा वाणिज्य बैंकहरुले मात्र २६ खर्ब ७६ अर्ब ३४ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ८९ अर्ब १० करोड २२ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो मध्ये हायर पर्चेज क्षेत्रमा मात्र वाणिज्य बैंकहरुले एक खर्ब ४६ अर्ब १६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरुले भने गत आवको सात महिनामा तीन खर्ब ४१ अर्ब १९ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब आठ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा हायर पर्चेज क्षेत्रमा मात्र ३१ अर्ब ३७ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरुले भने गत आवको सात महिनामा ६७ अर्ब रुपैयाँको हाराहारीमा निक्षेप संकलन गरी ६३ अर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा मध्ये हायर पर्चेज क्षेत्रमा मात्र प्रवाह भएको कर्जा रकम तीन अर्ब ४२ करोड रुपैयाँको हाराहारीमा रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x