Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश सरकार आफैंले राहत बाँड्ने

प्रदेश सरकार आफैंले राहत बाँड्ने


जनकपुर,बैशाख ८

प्रदेश नम्बर दुईको सरकारले लकडाउनका कारण समस्यामा परेका नागरिकलाई आफैंले राहत वितरण गर्ने भएको छ । प्रदेश सरकारले यसअघि राहत बाँड्ने जिम्मा स्थानीय तहलाई दिएको थियो ।

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लक्षित परिवारको घरमा सोझै राहत पु¥याउने गरी राहत प्याकेजको घोषणा गरेको हो ।

पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम ल्याए पनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासोलाई मध्यनजर गर्दै प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पु¥याउने योजना ल्याएको हो ।

आगामी पाँच दिनभित्र घरेलु तथा साना उद्योग कार्यालयमार्फत स्थानीय तहका वडाध्यक्षको समन्वयमा राहत वितरण गरिने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । स्थानीय तहहरूले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरूको लिष्टको आधारमा प्रदेश सरकारले जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरिद गरी प्याकेट तयार गरेरै लिष्टसहित वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टाभित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रावधान राखिएको छ ।

स्थानीय तहले बुझाएको लिष्टमा कुनै समस्या देखिए जिल्ला विपद व्यवस्थापन समिति र प्रदेश सभा सदस्यहरूले छानबिन गरी वास्तविक पीडितको पहिचान गरिने व्यवस्थासमेत गरिएको उनले जानकारी दिए ।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरू खरिद गर्न ६८ करोड रूपैयाँ निकासा गरेको छ ।

उक्त रकमले थप पीसीआर मेसिनसहितका अन्य उपकरणहरू खरिद गरिने जनाएको छ । त्यसैगरी मन्त्रिपरिषद्ले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना बिरामीहरूको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रूपैयाँ दिने निर्णयसमेत गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया