Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा ३३ हजारको कोरोना परीक्षण

नेपालमा ३३ हजारको कोरोना परीक्षण


काठमाडौँ ,बैशाख ९
सरकारले कोभिड–१९ रोगबारे हालसम्म कुल ३३ हजार ५ सय ६२ जनाको परीक्षण गरिएको जनाएको छ । पिसीआर विधिबाट आठ हजार ४ सय १४ र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट २५ हजार १ सय ४८ गरी कुल ३३ हजार ५ सय ६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३१ पुगेको जानकारी दिए । तीमध्ये चार जना निको भएर घर फर्किसकेका छन् भने बाँकी २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य भएको र उपचारको क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता देवकोटाका अनुसार आरडीटी सबै जिल्लामा सुरु भइसकेको छ, प्रदेश नं १ मा हालसम्म दुई हजार ३ सय ४९, प्रदेश नं २ मा तीन हजार २ सय ३८, वाग्मती प्रदेशमा चार हजार ६ सय ७६, गण्डकी प्रदेशमा तीन हजार ७ सय ५१, प्रदेश नं ५ मा दुई हजार ३ सय २४, कर्णाली प्रदेशमा तीन हजार २ सय ३२ र सुदूरपश्चिम प्रदेशमा पाँच हजार ५ सय ७८ वटा आरडीटी परीक्षण भइसकेको छ ।

क्वारेन्टाइनमा बस्ने व्यक्तिको सङ्ख्या पाँच हजार ९ सय ३६ छ । आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या १ सय ११ छ । यसमध्ये उपत्यकाभित्र चार जना छन् भने उपत्यकाबाहिर १ सय ७ जना छन् । मन्त्रालयले सञ्चालन गरेको दुईवटा कल सेन्टर (१११५ र ११३३) मा गत २४ घण्टामा दुई २ सय ८९ वटा कल प्राप्त भएका छन् । मन्त्रालयले सबै कलको सम्बोधन गरेको छ ।

गण्डकी प्रदेशबाट १०९२ र सुदूरपश्चिम प्रदेशबाट ११४८ नं.मा निःशुल्क कल सेन्टर सुरु भएको छ । त्यसमा कोरोनाबारे आफ्नो जिज्ञासा राख्न सकिन्छ । मन्त्रालयले सञ्चालन गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य र वेब पेज कोभिड–१९ डट एमओएचपी डट जिओभी डट एनपीमा हालसम्म आफ्नो स्वमूल्याङ्कनका लागि इन्ट्री गर्ने व्यक्तिको सङ्ख्या २१ हजार २९१ पुगेको प्रवक्ता देवकोटाको भनाइ छ । यसमध्ये गत २४ घण्टामा ४५७ जनाले आफ्नो स्वमूल्याङ्कन फाराम भरेका छन् । जसमध्ये ३ जना रेडजोनमा भएको पाइएको छ ।

हालसम्म कुल रेडजोनमा हुनेको सङ्ख्या २६३ पुगेको छ । रेडजोनमा पर्ने व्यक्तिको नमूना परीक्षण गर्ने र त्यसको अनुगमनका लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने कार्य भइरहेको छ । सरकारले त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग, कीर्तिपुरबाट कर्णाली प्रदेश सरकारका लागि उपलब्ध हुने गरी पीसीआर मेशिन उपलब्ध गराएको छ । आइतबार मात्रै उदयपुरमा थप ५२ जनामा पीसीआर नमूना सङ्कलन गरिएको छ ।

नमूनाको परीक्षण हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भइरहेको छ । मन्त्रालयले क्यान्सर, डाइलासिस गर्नुपर्ने, मुटु रोगी, प्रसूतिसम्बन्धी जटिल र सुत्केरीसम्बन्धी रोग र दमलगायतका रोग र अन्य दीर्घ रोग सेवा दिइरहेका विशिष्ट प्रकृतिका अस्पताललाई सेवा निरन्तर सुचार गर्न आग्रह गरेको छ । ‘विभिन्न व्यक्ति र सङ्घसंस्थाले हेमोफिलिया बिरामीलाई आवश्यक सामग्री उपलब्ध गराउन गरेको आग्रहको बारेमा सरकारले सहजीकरण गर्नेछ, लकडाउनका कारणले अस्पतालसम्म पुग्न नसकेर औषधि सेवन गर्नबाट वञ्चित भएका बिरामीका लागि पनि मन्त्रालयले सहजीकरण गर्नेछ ।”


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x