Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकुहिएको राहत वितरण गरेको आरोपमा मेयर सहित १० जना पक्राउ !

कुहिएको राहत वितरण गरेको आरोपमा मेयर सहित १० जना पक्राउ !


काठमाडौं,बैशाख ९
कुहिएको राहत वितरण गरेको आरोपमा कलैया उपमहानगरपालिका मेयर राजेश राय यादव सहित १० जना पक्राउ परेका छन् । अति विपन्न परिवारलाई राहतको नाममा कुहिएको सामग्री वितरण गरेपछि कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय पक्राउ परेका हुन ।

यस अघि ६ जना वडा अध्यक्षसहित १० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । सरकारले तोकेको मापदण्ड विपरीत कुहिएको दाल वितरण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले हिजो र आज गरि उनीहरुलाई प्रकाउ गरेको छ ।

प्रकाउ पर्नेहरुमा कलैया उ.प.न.पा वडा न . १ का वडा अध्यक्ष सरफुल्ला अन्सारी, वडा.न २० का वडा सचिव खेदु मिया, ११ का वडाअध्यक्ष सर्वनारायण चौधरी, १३ का राजनप्रसाद कुर्मी र २६ का महेश साह पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।

उपमेयरलाई आज प्रकाउ गरेको छ भने वाकि सबैलाई हिजो नै प्रहरीले प्रकाउ गरेको थियो । प्रहरीले अनुसन्धानको क्रममा मेहरको संलग्नता पाएपछि आज उनलार्ई प्रकाउ गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया