Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशिखर कृषि अवार्डको सद्भावना दूतमा केसी

शिखर कृषि अवार्डको सद्भावना दूतमा केसी


काठमाडौं । चौथो नेसनल शिखर कृषि अवार्ड–२०२३ को सद्भावना दूतमा अभिनेता दिनेश केसी नियुक्त भएका छन् । किङडम इन्टरनेसनल इन्भेस्टर ग्रुप तथा शिखर नेपालको संयुक्त आयोजनामा ११ अक्टोबर २०२३ मा क्यानडाको हिल्टन होटल, नागरा फल्समा हुने उक्त अवार्डको सद्भावना दूतमा केसी नियुक्त भएका हुन् ।

नियुक्त भएका केसीले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने आशा एवं विश्वास रहेको चौथो शिखर कृषि अवार्ड–२०२३ मूल समारोह समितिका अध्यक्ष शेखर खनालद्वारा हस्ताक्षरित सद्भावना दूत नियुक्तिसम्बन्धी पत्रमा उल्लेख छ । यसअघि पनि पहिलो, दोस्रो र तेस्रो नेसनल शिखर कृषि अवार्ड भव्यरूपमा सम्पन्न भइसकेको जानकारी पनि अवार्ड आयोजक समितिले दिएको छ ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #page 3

तपाईको प्रतिक्रिया