Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविशाक्त च्याउ खाँदा नौ जना बिरामी

विशाक्त च्याउ खाँदा नौ जना बिरामी


पाँचथर । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिका पाँचथरमा विशाक्त च्याउ खाएर नौ जना बिरामी परेका छन् ।

कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाएर चार जना लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी बिरामी परेका हुन् । उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै फिदिम नगरपालिका–११ लक्सीबोटेमा सोमबार विशाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए । उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।


क्याटेगोरी : बिबिध, समाचार

तपाईको प्रतिक्रिया