Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोना टेष्टमा सबैको रिपोर्ट नेगेटिभ

कोरोना टेष्टमा सबैको रिपोर्ट नेगेटिभ


सोलुखुम्बु, वैशाख १६
सोलुखुम्बु जिल्लामा हालसम्म १ सय ७ जनाको कोरोना भाइरस (कोभिड–१९) को -यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) टेष्ट भएको छ । जिल्लाका सबै स्थानीय तहमा सो बराबरको व्यक्तिको परीक्षण गरिएको हो । जिल्लाका ८ वटा स्थानीय तहका १ सय ७ जनाको टेष्ट गरिएको हो । हालसम्म टेष्ट गरेको सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिएका छन । राजवंशीका अनुसार जिल्लामा गरिएका सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । चैत लागेपछि विदेशबाट फर्केकाहरुको वैशाख ३ गतेदेखि हालसम्म गरेको -यापिड टेष्टमा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

परीक्षण गरिएकाहरुमध्ये सोलुदुधकुण्ड नगरपालिकाको ४५ जना, माप्य दूधकोशी गाउँपालिकाको १० जना, खुम्बु पासाङ ल्हामु गाउँपालिकाको ११ जना र थुलुङ दूधकोशी गाउँपालिकाको ३ जना रहेका छन् । उनीहरु विदेशबाट तथा सहरबाट आएकाहरु रहेको राजवंशीको भनाइ छ । यस्तै नेचासल्यान गाउँपालिकाको २२ जना, महाकुलुङ गाउँपालिकाको ४ जना, लिखुपिके गाउँपालिकाको ४ जना र सोताङ गाउँपालिकाका ८ जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । अहिले काठमाडौमा रहेकाहरु पनि आएकाले पुनः परीक्षण गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया