एक वर्षमा सगरमाथा क्षेत्रमा २३ विदेशीको मृत्यु
सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुमा एक आर्थिक वर्षमा झण्डै दुई दर्जन विदेशी पर्यटकले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा सगरमाथा क्षेत्र भ्रमणमा आएका २३ जना विदेशी पर्यटकको ज्यान गएको हो ।
यस्तै, तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्क छ । ज्यान गुमाउनेमा मेक्सिकोका पाँच जना, भारतका चार जना, फ्रान्स र क्यानडाका दुई/दुई जना, कोरिया, यूके, स्लोभाकिया, जापान, अस्ट्रेलिया, अमेरिका, माल्डोवा, मलेसिया, चीन र हंगेरीका एक/एक जना रहेका छन् ।
सगरमाथा क्षेत्र भ्रमणमा आएका उनीहरूले विभिन्न समयमा भवितव्यमा परेर ज्यान गुमाएको प्रहरीले जनाएको छ । पाँच जना मेक्सिकन नागरिकहरूले भने हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिए । अस्ट्रेलिया, मलेसिया र सिंगापुरका एक/एक जना गरी तीन जना पर्यटक अझै बेपत्ता रहेको शाहले बताए । उनीहरू बेसक्याम्प क्षेत्रमा गत जेठ ५ गतेदेखि बेपत्ता छन् ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया