Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकाठमाडौँमा रहेका चार हजार नागरिकलाई सोलुखुम्बु ल्याइयो

काठमाडौँमा रहेका चार हजार नागरिकलाई सोलुखुम्बु ल्याइयो


महेन्द्र शाही
सोलुखुम्बु, वैशाख १९
लकडाउनको कारण विभिन्न क्षेत्रमा फसेका सोलुखुम्बुका चार हजार पाँच सय बढी नागरिकको उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहको पहलमा ४ हजार पाँच सय ५८ जनाको उद्धार गरिएको हो । जिल्लाको थुलुङदूधकोशी गाउँपालिकाले सबैभन्दा धेरै एक हजार एक सय ९८ जनाको उद्धार गरेको छ भने सबैभन्दा कम सोताङ गाउँपालिकाले दुई सय ९९ जनाको उद्धार गरेको छ । कोरोनाका कारण देश लकडाउन भएकाले स्थानीय सरकारले आफ्ना नागरिक उद्धार गरेका हुन् ।

यस्तै जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाले सात सय ९९ जनाको उद्धार गरेको छ । यत नेचासल्यान गाउँपालिकाले पाँच सय ९६ जना, माप्यदूधकोशी गाउँपालिकाले पाँच सय ७० जना, महाकुलुङ गाउँपालिकाले चार सय ७६ जनाको उद्धार गरेको छ । यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकाले तीन सय २० जना र लिखुपिकेले करिब तीन सय जनाको उद्धार गरेको जनाएको छ । सहरमा रहेका र समस्या भएकाहरूलाई उद्धार गरिएको स्थानीय सरकारले जनाएका छन् ।

सर्वोच्च अदालतले बीच बाटोमा अलपत्र नागरिकहरूलाई गन्तव्यमा पु¥याउन आदेश दिएसँगै वैशाख १२ गतेदेखि जिल्लाका विभिन्न स्थानीय तहले उद्धार कार्य सुरु गरेका थिए । अहिले पहिलो चरणको उद्धार कार्य सकिएको संघीय सांसद हेमकुमार राई (शुरवीर)ले जानकारी दिए । अहिले सरकारले उद्धार कार्य रोक्ने निर्णय गरेकाले पनि उद्धार कार्य रोकिएको उनको भनाइ छ । काठमाडौँमा रहेका विद्यार्थी र ज्यालादारीमा काम गर्नेहरूलाई पहिलो प्राथमिकतामा राखेर उद्धार गरेको स्थानीय तहले जनाएका छन् ।

उद्धार गरी ल्याइएका तीन जनामा उच्च ज्वरो :काठमाडौंबाट उद्धार गरि सोलुखुम्बु ल्याइएका मध्ये ३ जनामा उच्च ज्वरो देखिएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरूले काठमाडौंबाट उद्धार गरी गाउँ ल्याएका ३ पुरुषमा एक सय डिग्री सेल्सियसभन्दा बढी ज्वरो देखिएको जिल्ला प्रवेशद्वार पत्ताले हेल्थ डेक्सले जनाएको छ ।

सोलुदूधकुण्ड नगरपालिकाले राखेको पत्ताले हेल्थ डेक्समा स्वास्थ्य परीक्षण गराउँदा खुम्बु पासङ ल्हमु गाउँपालिकाका १ जना, महाकुलुङ गाउँपालिकाका १ जना र सोताङ गाउँपालिकाका १ जनामा एक सय दुई डिग्री सेल्सियसभन्दा बढी ज्वरो देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक चमर मगरले जानकारी दिए । उनीहरूलाई तत्काल स्वास्थ्य संस्थाको सम्पर्कमा जान आग्रह गरिएको संयोजक मगरको भनाइ छ । उनीहरूलाई स्वास्थ्य संस्थामा जान आग्रह गरी पठाइएको मगरले बताए । ज्वरोका कारण कोरोना सक्रंमण मात्र नभई अन्य स्वास्थ्य समस्या पनि हुनसक्ने भएकाले सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ । गाडीमा आएका कारण पनि ज्वारो देखिएको हुनसक्ने भएकाले नआत्तिन भनिएको पनि उनले जनाए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x