Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई अफर

सजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई अफर


काठमाडौ । सजिलो एब्रोड एकेडेमीले सञ्चालनमा ल्याएको सजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरूले विभिन्न छुटहरू हासिल गर्नसक्ने भएका छन् ।

सजिलो भिषामार्फत बेलायत जान चाहने नेपाली विद्यार्थीहरूलाई संस्थाले भिषा एक्स्पर्टको रुपमा सहयोग र समन्वय गरिरहेको जनाएको छ । यूकेको लागि हालसम्म शतप्रतिशत भिषा सक्सेस रेट राख्न सफल भएको सजिलो भिषाले विद्यार्थीहरूको लागि छुटदेखि निःशुल्क तयारी कक्षा अध्ययन समेतको सुविधा ल्याएको छ । यसअन्तर्गत आयल्स क्लास मात्र दुई हजार चार सय ९९ रुपैयाँमा सञ्चालन गर्दै आएको छ । यसका साथै आयल्सको तयारी कक्षा बुकिङ् गर्दा दुई हजार रुपैयाँसम्मको तुरुन्तै क्यास ब्याकको सुविधा रहेको छ ।

यसैगरी हरेक हप्ता वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूका लागि ‘फ्रि मक टेस्ट’ सञ्चालन भइरहेको छ भने विश्वविद्यालयले लिने अन्तर्वार्ताको लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको संस्थाले जनाएको छ । सजिलो भिषाबाट अब्रोड स्टडीको लागि अप्लाई गर्दा आयल्स तथा पीटीईको टेस्ट फि शतप्रतिशत फिर्ता हुनेछ । यस सजिलो भिषाले अस्ट्रेलिया, क्यानाडा, यूके, यूएसएमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूको लागि परामर्श तथा सहजीकरण गर्ने कार्य गरिरहेको जनाएको छ । यसैगरी, सजिलो भिषाले विभिन्न संस्थाहरूसँग सहकार्य गरी सूचना प्रविधि, इलेक्ट्रोनिक्स, होटल म्यानेजमेन्टलगायतका सीपमूलक विषयहरूका छोटो अवधिका तालिम समेत निःशुल्क प्रदान गरिरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया