Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसट्टेबाजी गरेको आरोपमा तीन जना पक्राउ

सट्टेबाजी गरेको आरोपमा तीन जना पक्राउ


काठमाडौं । सट्टेबाजी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार वान एक्स बेटमार्फत सट्टाबाजी खेलाएको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेहरुमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी छन् । उनीहरूले विभिन्न खेलहरूमा वान एक्स बेटमार्फत सट्टाबाजी गराउने गरेका आरोपमा प्रहरीले सर्लाहीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

पक्राउ परेकाहरुले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आईपीएसका खाता खोलेका र जसमा ९८ वटा बैंक खाताहरू जोडिएको जानकारी पनि प्रवक्ता प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।


क्याटेगोरी : बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया