दोलखा, पुस १४
चरिकोट कारागारमा रहेका कैदीबन्दीले कारागारमा तालाबन्दी गरेका छन् । कारागारमा रहेका नाइके कैदीले १५ लाख रूपैयाँ ठगी गरेको भन्दै अन्य कैदीहरूले आइतबार पैसा फिर्ताको माग गर्दै तालाबन्दी गरेका हुन् । चरिकोट कारागारमा रहेका एक सय आठ कैदीमध्ये नाइके, चौकीदार, भाइनाइके गरी ५ जना कैदी मिलेर अन्य एक सय तीन कैदीलाई कुटपिट गर्ने, गुणस्तरहीन खाना खुवाउने र पैसासमेत ठग्ने गर्न थालेपछि उनीहरूलाई स्थानातरणको माग गर्दै कैदीबन्दी आन्दोलनमा उत्रेका हुन् ।
उनीहरूले कारागारको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेको कारागार कार्यालय चरिकोटका निमित्त जेलर शेषराज गोलेले जानकारी दिए । कैदीको आन्तरिक प्रशासनमा भएको गडबडीविरुद्ध तालाबन्दी गरेको गोलेको भनाइ छ । चौकीदार र मुख्य नाइकेसहित ५ जनालाई जेलसरुवा र उनीहरूले ठगी गरेको करिब १५ लाख रूपैयाँ फिर्ताको माग राखेर तालाबन्दी गरेको कैदी अशोक केसीले बताए ।
कारागारलाई मन्दिर बनाइदिन्छु भनेर मुख्य नाइके कैलाश बस्नेतले विभिन्न बहानामा २० जना कैदीसँग करिब १५ लाख असुलेको अर्का कैदी विमल आचार्यले बताए । बस्नेतले कारागारभित्रै गाँजा र रक्सी सेवन गरेर अन्य कैदीलाई कुटपिट गरेको र गुणस्तरहीन खाना खुवाएकाले सहन नसकेर तालाबन्दी गर्नुपरेको कैदीहरूको भनाई छ । कुटाइ र थिचोमिचो रहेर बस्दाबस्दा खानामा समेत घोटाला गर्न थालेपछि प्रतिवादमा उत्रिनु परेको कैदी आचार्यको भनाइ छ ।
लाइब्रेरी बनाउन कैदीबीच संकलन गरिएको ८० हजार रकमसमेत मुख्य नाइके बस्नेतले गायब बनाएको कैदीको आरोप छ । एक सय आठमध्ये एक सय तीन जना कैदीले संयुक्त हस्ताक्षर गरेर कैलाश बस्नेत, ओमशरण थापा, कमल नेपाली, राजकुमार योगी र किशोर भण्डारी नामका कैदीलाई सरुवा र मुख्य नाइके बस्नेतले असुलेको करिब १५ लाख फिर्ता गर्नुपर्ने दुई बुँदे माग राखेका छन् । मुख्य नाइके बस्नेतले कारागारभित्र गाँजा भरेको चुरोटको व्यापार गर्नेगरेको समेत ती कैदीले आरोप लगाए ।
मेसले अनिवार्य गरेको अचार मात्र खाएको महिनाको तीन सय रूपैयाँको दरले असुल्ने, शरीरमा तेल मालिस गरेको, मुढा बनाएको, थान्का लेखेको, सिलाइकटाइ गरेको पारिश्रमिकसमेत मुख्य नाइके बस्नेतले कसैलाई नदिने गरेको कैदीहरूको भनाइ छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलले मौजुदा परिस्थितिअनुसार कैदीबीच ज्यानकै जोखिम हुने देखिएकाले कैलाश बस्नेत, ओमशरण थापा, कमल नेपाली, राजकुमार योगी र किशोर भण्डारीलाई काठमाडौँ आसपासका कारागारमा स्थानान्तरण गरिएको बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया