नक्कली स्मार्ट लाइसेन्स बनाउने छ जना पक्राउ
काठमाडौं, पुस १७
महानगरीय अपराध महाशाखाले नक्कली सवारी चालक अनुुमति पत्र (स्र्माट लाइसेन्स) बनाउने कार्यमा संलग्न छ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीहरूको परिचयपत्र नक्कली बनाई बिक्री गरी प्रयोग गरेको भन्ने सूचनाका आधारमा काठमाडौँको विभिन्न क्षेत्रबाट मंगलबार उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका १५ घर भई काठमाडौँ जडिबुटी बस्ने २७ वर्षीय दिपक ब्लोन, सर्लाही हरिवन नगरपालिका १ घर भई काठमाडौँ कुलेश्वर बस्ने ४८ वर्षीय शुभाष भन्ने बुद्धिबहादुर रोक्का, काठमाडौँ महानगरपालिकाका ६ बौद्ध चुच्चेपाटी बस्ने ३६ वर्षीया अनन्ता गुरुङ, बारा जितपुर सिमरा नगरपालिका १ घर भई काठमाडौँ अनामनगर बस्ने ३१ वर्षीय अशोक कार्की, सिरहा सुखिपुर नगरपालिका ४ घर भई काठमाडौँ कोटेश्वर बस्ने ४१ वर्षीय मोहन यादव र काठमाडौँ महानगरपालिका २ लाजिम्पाट बस्ने ५६ वर्षीय कुमार तण्डुकार रहेका छन् ।
नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीहरूको नक्कली परिचयपत्र बनाई बिक्री गरी प्रयोग गरेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखा टेकु र महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मंगलबार पुतलीसडकबाट दिपक ब्लोनसँगबाट ०२०६००४४३३९७ नं. को बीएफजी वर्गको नक्कली स्मार्ट लाइसेन्स फेला पारी उनलाई पक्राउ गरी सोधपुछ गरिएको थियो । ब्लोनले नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बल्खुमा रहेको सुबास भन्ने बुद्धिबहादुर रोक्कालाई ३० हजार रूपैयाँ दिएको र रोक्काले आशिष स्टुडियोबाट डिजाइन गरी काठमाडौँको न्यूरोडमा रहेको फोटो कन्र्सन प्रालिबाट नक्कली स्मार्ट लाइसेन्स बनाइदिएको बयान दिएका थिए ।
प्रहरीका अनुसार फोटो कन्सर्न प्रालिले विभिन्न व्यक्तिहरूको सरकारी लिखतहरू डिजाइन गरी प्रिन्ट गरी बिक्री गर्नेगरेको थियो । आशिष स्टुडियोका सञ्चालक बुद्धिबहादुरको साथबाट दिपक ब्लोनको नामको स्मार्ट लाइसेन्स, विभिन्न व्यक्तिहरूको सवारी चालक अनुमतिपत्र ४ थान, नागरिकताका प्रमाणपत्रहरू, भारत सरकारको आधार कार्ड र फोटो कन्सर्न प्रालिबाट लक्ष्मण झाँक्रीको नामको सवारी चालक अनुमतिपत्र, उनकै नामको सशस्त्र प्रहरी जवानको परिचयपत्र, विभिन्न कलेजहरूको परिचयपत्रहरूको प्रिन्ट, सीपीयु, कटर मेसिन, प्रिन्टर, हार्डड्राइभ सर्बरसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्य फोटो कन्र्सन प्रालिका कर्मचारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जनालाई लिखतसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया