दोलखाका हिमपात, पर्यटन भित्र्याउन थप राहत
सुबास बस्नेत
दोलखा, पुस २०
दोलखाका उच्च ठाउँमा पुनः हिमपात भएको छ । भ्रमण वर्ष २०२० सुरु भएको तेस्रो दिन हिमपात भएसँगै दोलखालाई पर्यटन भित्र्याउन थप राहत मिलेको छ । करिब दुई साताअघि मंसिरको अन्तिम साता परेको हिउँ पग्लिनुअगावै पुनः हिमपात भएको हो । दोलखाका उच्च भूभागहरुमा शुक्रबारदेखि हिमपात भइरहेको छ । शुक्रबार र शनिबार गरी करिब ३५ हजार पर्यटक दोलखा भित्रिएका छन् । अघिपछि सुनसानजस्तै देखिने शैलुङ र जिरीमा भ्रमण वर्ष सुरु हुनेबित्तिकै परेको हिउँले पर्यटकको बाक्लो चहलपहल देखाएको छ ।
कालिञ्चोक, शैलुङ, गौरीशंकर, जिरी र भीमेश्वरका उच्च ठाउँमा बाक्लो हिमपात भएको छ । यी लेकाली भेगमा हिमपात भएपछि सो क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई भनी चिसोले सताएर दैनिक जनजीवनमा प्रभावित बनाएको छ । चिसोका कारण घरबाहिर निस्केर काम गर्ने वातावरण नभएको कालिञ्चोकका स्थानीय होटल व्यवसायीहरु बताउँछन् । उच्च ठाउँमा परेको हिमपातले तल्लो भेगमा पनि एक्कासि चिसो बढेको छ । दोलखा सदरमुकाम चरीकोट आसपासमा शनिबार पनि सामान्य झरी परिरहेको हुँदा चिसो थप बढेको छ । दोलखाको प्रसिद्ध कालिञ्चोक क्षेत्रमा हिउँ खेल्ने आन्तरिक पर्यटकको वृद्धि भएपछि सो ठाउँका होटल भरिभराउ भएका छन् । सदरमुकाम चरीकोट बजारमा पनि शुक्रबार परेको हिउँका कारण स्थानीय होटलहरुसँगै सडकमा ओहोरदोहोर गर्ने सवारीसाधन र घुम्न आउने मानिसको चहलपहल बाक्लो देखिएको छ ।
हिउँमा रमाउन आउने पर्यटकलाई आफ्नो स्थानीयस्तरमा तान्न दोलखा नौ स्थानीय तहले आफ्ना क्षेत्रमा रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रसारप्रसार गरिरहेका छन् । स्थानीय तहहरुले आआफ्नो क्षेत्रबाट भ्रमण वर्ष २०२० लाई सफल पार्न र धेरै पर्यटक भित्र्याउन विभिन्न महोत्सवलगायत कार्यक्रमको आयोजना गरिरहेका छन् । भ्रमण वर्षको उपलक्ष्यमा कालिञ्चोक केबुलकारले पनि टिकटमा विशेष छुटको व्यवस्था मिलाएको छ । केबलकारको यात्रा गर्ने तीन जिल्लाका नागरिकलाई पाँच सय रुपैयाँको टिकट तीन सयमा दिने व्यवस्था गरेको छ । दोलखा, सिन्धुपाल्चोक र रामेछापका जिल्ला बासिन्दालाई सोमबार र बुधबार केबलकारको टिकटमा ४० प्रतिशत छुट दिने भएको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया