खर्कमै पुगेर प्राविधिक तथा बन्ध्याकरण सेवा प्रदान
महेन्द्र शाही
सोलुखुम्बु, माघ १२
सोलुखुम्बुको विकटको स्थानीय तह मानिएको सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाअन्तर्गत पशुपक्षी शाखाले खर्कमै पुगेर प्राविधिक सेवा उपलब्ध गराएको छ । वडा नं ३ भित्र पर्ने निकै विकटमा अवस्थित गाउँ मार्मेकुका ४५ कृषकका खर्कमै पुगेर ४ सय ५२ पशुहरुलाई प्राविधिक सेवा उपलब्ध गराएको हो । प्राविधिक र उपचारसहितको टोली खर्कमा पुगेर १११ वटा चौरी, याक १०, जोक्पे १५, गाई २०, कुकुर ४५, बाख्रा १७, भेडा २५, भैँसी ३३ र ३८ वटा बंगुरको उपचार तथा खोप प्रदान गरिएको डा. विर्खराज कुलुङले जानकारी दिए ।
पशुपालक कृषकले पालेका पशुपक्षीमा देखिएका समस्या समाधान गरी उत्पादकत्व वृद्धिको उद्देश्य राखेर खर्कमै पुगेर उपचार गरिएको डा. कुलुङको भनाइ छ । प्राविधिकको टोलीले खर्कमा पुगेर आन्तरिक तथा बाह्य परजीवीविरुद्ध उपचार सेवा, बन्ध्याकरण सेवा, संक्रामक रोगको पहिचान र उपचार, खोप सेवा उपलब्ध गराएको पशुपक्षी सेवा शाखाले जनाएको छ । डा. कुलुङले भने, ‘भौगोलिक रुपमा पशुपक्षी शाखासम्म आएर सेवा लिन नसक्ने कृषकहरुलाई सहजता र कृषि उत्पादन वृद्धिका लागि अघिल्लो वर्षदेखि खर्कमै पुगेर प्राविधिक सेवा उपलब्ध गराउन सुरु गरेका हौँ । जसले कृषकहरु उत्साहत भएका छन् ।’ कतिपय कृषकले त आफ्ना पशुपक्षीलाई पहिलोपटक प्राविधिक सेवा लिएको उनले बताए । चौरीपालन हराउँदै गएको अवस्थामा ती कृषकलाई ऊर्जा थप्नका लागि पनि खर्कमा पुगेको कार्यालयले जनाएको छ ।
‘भेडीखर्कमा पनि पुगेका छौँ । बाख्रा, भैँसी, गाई, बंगुरको पनि उपचार गरेका छौँ’, डा. कुलुङले भने । अघिल्लो वर्ष पुग्न नसकिएका क्षेत्रका खर्कमा यो वर्ष पुग्ने कार्यालयको तयारी रहेको छ । क्षति न्यूनीकरणका लागि सरकारले पशुबीमा कार्यक्रम ल्याए पनि ग्रामीण भेगमा सेवा उपलब्ध नभइरहेको अवस्थामा बीमा कम्पनीसँग सहकार्य गरी प्राविधिक सेवासँगै पशुबीमा पनि सुरु गरिएको हो । सल्लेरीमा रहेको आईएमई जनरल इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेर मार्मेकुका ४५ वटा चौरीको बीमा समेत गरिएको डा. कुलुङले बताए ।
बीमाबारे सुनेका कृषकलाई परामर्श गरेर बीमाको काम पनि अघि बढाइएको हो । सोही अवसरमा भुस्याहा कुकुरको संख्या बढ्न थालेपछि महाकुलुङ गाउँपालिकाको पशुपक्षी शाखाले भोले पोथी कुकुरको बन्ध्याकरण समेत गरेको छ । सामाजिक दुर्घटनाको जोखिम बढेपछि बुङ क्षेत्रका भुस्याहा कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने काम सुरु गरेको प्रमुख डा. विर्खराज कुलुङले जनाए । हालसम्म २० भाले कुकुरको क्यास्ट्रेसन र १० पोथी कुकुरको मेजर सर्जरी गरी रेबिजविरुद्धको खोप दिइएको छ । बन्ध्याकरण र खोपको काम निरन्तर लैजाने र बुङ, छेस्काम गुदेल क्षेत्रका कुकुरलाई पनि बन्ध्याकरण गर्नेछौँ’, डा. कुलुङले भने । आफूसँग बन्ध्याकरणको सीप र अधिकार भएकाले बाहिरबाट बन्ध्याकरण टोली झिकाउन नपरेको उनले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया