Techie IT
×
गृहपृष्ठबिबिधवीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ता ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’बाट सम्मानित

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ता ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’बाट सम्मानित


काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई युरोपियन इन्टरनेशनल युनिभरसिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसिप एण्ड म्यानेजमेन्टमा ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’बाट सम्मानित गरेको छ । सेराटन दुबई क्रिक होटल्स एण्ड टावर्समा आयोजित कार्यक्रममा सुबोधकुमार गुप्तालाई युनिभरसिटीले भव्य समारोहका बीच सम्मान गरेको हो ।

उनले वर्षौँदेखि सामाजिक सेवा, संस्थागत र आर्थिक विकासको क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानका फलस्वरुप युरोपियन इन्टरनेशनल युनिभरसिटीको मोनिटरिङ्ग बोर्डले सुबोधकुमार गुप्तालाई ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ दिने निर्णय गरिएको हो । बारा–पर्साका निजी क्षेत्रका छाता संगठन वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षका हैसियतले गुप्ताले प्राप्त गरेको यस किसिमको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित सम्मान उनको लागि मात्र नभई वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र बारा–पर्साका सम्पूर्ण उद्योगी व्यवसायीको लागि गौरवको विषय भएको संघले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया