Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबडिगाउँका कृषकका लागि बझाङ पशु सेवा विज्ञ केन्द्र सहारा

बडिगाउँका कृषकका लागि बझाङ पशु सेवा विज्ञ केन्द्र सहारा


बझाङ । जिल्लाको बडिगाउँका कृषकका लागि बझाङ भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सहारा बनेको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङको आर्थिक सहयोगमा नमूना बाख्राखोर पनि निर्माण भएका छन् । जिल्लाकै विकट मानिने तल्कोट गाउँपालिका वडा ७ पशुपालन क्षेत्रमा भेडाबाख्रा पालनको हिसाबले जिल्लाकै पकेट क्षेत्रको रूपमा मानिन्छ ।

यस क्षेत्रका अधिकांश मानिसको भेडाबाख्रा नै मुख्य आम्दानीको स्रोत बनेको छ । छोटो समयमा वर्षेनी मनग्य आम्दानी गरिरहेका यस क्षेत्रका स्थानीय कृषकका लागि बझाङ भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सहारा बनेको स्थानीय उज्वल जेठाराले बताए । तीन वर्षमा एकीकृत कृषि तथा पशु सेवा विकास कार्यक्रम अन्तरर्गत बडिगाउँमा १५ नमूना बाख्राखोर निर्माण भएका छन् । ४५ बाख्राखोर सुधार, एक पशु संकलन केन्द्र, प्रचननयोग्य उन्नत जातको बोका, निःशुल्क औषधि वितरण कार्यक्रम, गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङका प्राविधिक जय बहादुर खड्काले बताए ।

बडिगाउँका कृषकका लागि सञ्चालन भएको तीन वर्षमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट एक करोड १० लाखमा बडिगाउँ नमूना बाख्रा विकास समितिलाई सहयोग गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङका कर्यालय प्रमुख विनोद कडायतले जानकारी दिए । गरीखाने कृषकका लागि आउने दिनमा पनि यस्ता खालका कार्यक्रम आफ्नो गाउँमा पनि लागू गरिदिन स्थानीय राजेन्द्र जेठाराले स्थानीय सरकार प्रदेश सरकार सरोकारवालालाई आग्रह समेत गरेका छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x