क्यान महासंघमा पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)मा रणजित कुमार पोदारको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । महासंघको २९औं वार्षिक साधारणसभा एवं १४औं महाधिवेशनले पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
यसअघि ७४ जिल्ला र सातै प्रदेशका शखा समितिमा अधिवेशन सम्पन्न भएको थियो । नयाँ केन्द्रीय कार्यसमितिका लागि पोदार सर्वसम्मत अध्यक्षमा चुनिएका थिए भने अन्य केही पदमा मतदान गरिएको थियो । महासंघको वरिष्ठ उपाध्यक्षमा खुशल रेग्मी निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा संस्थागत समूहबाट राजेन्द्रप्रसाद अर्याल, महिला समूहबाट सरिता सिंह तथा जिल्ला शाखा समूहबाट हर्कबहादुर सेटी र ध्रुवराज शर्मा (सुदिप) निर्वाचित भए । यसैगरि महासंघको महासचिव पदमा चिरञ्जीवी अधिकारी निर्वाचित भए भने कोषाध्यक्ष पदमा नवीन जोशी निर्विरोध चयन भएका छन् । सचिव पदमा सुमनलाल प्रधान (व्यक्तिगत समूह), बुद्धरत्न तुलाधर (संस्थागत समूह) र प्रताप सापकोटा (विषयगत समूह) निर्वाचित भएको छन् । त्यस्तै जिल्ला शाखा समूहबाट सचिव पदमा भुपालदास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, भूपेन्द्र मैनाली र कर्णराज पनेरु निर्विरोध निर्वाचित भएका थिए ।
सदस्यहरुमा भने विश्वराम बलामी, अग्मा मालाकार, सिर्जना श्रेष्ठ, सुभाष खड्का, विक्रम सिंह, दिव्यतारा शाक्य, निरञ्जन पटेल, केशवप्रसाद भट्टराई, हेमपाल श्रेष्ठ, मिना अर्याल, ठाकुरकुमार श्रेष्ठ, उमेश रघुवंशी, दिपक साह, सरिता न्यौपाने, शेखरनाथ दुलाल, सरुना श्रेष्ठ, चिन्तामणि बास्तोला, तुलसीराम पाण्डे, डा. अभिजीत गुप्ता, दिपेन्द्र पौडेल, मनिराज पाण्डे, राम किशोर रावल, राजु कट्टेल, रीना श्रेष्ठ र भानुभक्त शर्मा चयन भएका छन् । त्यस्तै लेखासमिति संयोजकमा प्रभात श्रेष्ठ तथा लेखासमिति सदस्यद्धयमा हृदयमान श्रेष्ठ र विक्रान्त कार्की चयन भए । नवनिर्वाचित अध्यक्ष पोदारले नयाँ कार्यसमितिले सामूहिक भावना लिएर काम गर्ने बताए । सूचना प्रविधि क्षेत्रमा आबद्ध पेशाकर्मी, विद्यार्थी, व्यवसायी तथा सम्बन्धित निकायसँग समन्यव गरी यस क्षेत्रको उल्लेखनीय विकास गर्न महासंघले पहलकदमी भूमिका खेल्ने उनको भनाइ छ ।
साथै नेपालमा दक्ष सूचना प्रविधि जनशक्ति उत्पादन गर्न विशेष पहल गर्ने, सूचना प्रविधिका स्टार्टअपहरुलाई उद्योगमा रुपान्तरणको निम्ति काम गर्ने, सूचना प्रविधिको व्यवसाय प्रवद्र्धनमा विशेष काम गर्ने, नेपाली समाजलाई सूचना प्रविधिको डिजिटल डिभाइड कम गराउन देशैभर काम गर्ने लगायतका योजनामा आफू नेतृत्वको टिमले काम गर्ने प्रतिबद्धता जनाए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया