Techie IT
×
गृहपृष्ठबिबिधडीआरटीबी होस्टलका बिरामीलाई राहत सामग्री हस्तान्तरण

डीआरटीबी होस्टलका बिरामीलाई राहत सामग्री हस्तान्तरण


जनकपुरधाम । जनकपुरधाममा रहेको डीआरटीबी होस्टेलका बिरामीहरूलाई बुधबार चिसोबाट बच्न विभिन्न राहत सामानहरू वितरण गरिएको छ । बिराट नेपाल मेडिकल ट्रस्टले अमेरिकेयर्सको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय, धनुषाअन्तर्गत डीआरटीबी होस्टल जनकपुरमा रहेका ६ जना डि.आर. बिरामीलाई जाडो र संक्रमण रोकथाम गर्ने सामग्री सहयोग गरेको हो ।

बीएनएमटी नेपाल महोत्तरीका जिल्ला कार्यक्रम संयोजक डा. मनोज कुमार साहका अनुसार छ जना बिरामीहरूलाई छ थान ठूलो कमलखोलसहित, छ थान मझौला कमल, छ थान जाकेट, छ थान उलेन टोपी, छ जोडा चपल, तीन थान इलेक्ट्रिक जग, छ थान झुल र २५ थान हाइजनिक किट उपलब्ध गराइएको छ । उक्त सामग्रीहरू मधेश प्रदेश स्वास्थ्य आपूर्ति निर्देशनालयका निर्देशक डा. राजिव झा, समाजिक विकास मन्त्रालयका राज नरायण साहले जिल्ला स्वास्थ्य कार्यालय धनुषाका टीबी फोकल पर्सन रामबाबु यादव, डीआर होस्टलका इन्चार्ज सोलेन्द्रकुमार साह तथा होस्टलमा भर्ना रहेका बिरामीहरूलाई उक्त सामग्री हस्तास्तरण गरेका थिए ।

निर्देशक डा. झाले बीएनएमटी नेपालले टीबी निदान, उपचार र न्यूनीकरणमा उचस्तरीय काम र सहयोग गर्दै आएको बताए । डीआर टीबी रोग लागेका बिरामीबाट सर्ने यो खतरानाक रोग रहेकाले यसका बिरामीलाई दुई वर्षभन्दा बढी समयसम्म छुट्टै होस्टेलमा राखेर उपचारलगायत खाना र बस्ने व्यवस्था सरकारले गरिरहेको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया