चितवन । भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा उद्यान निर्माण गरिएको छ । कृषि विकास बैंकको १५ लाख रुपैयाँ र क्यान्सर सेवा समाजको तीन लाख ५० हजार रुपैयाँको लागतमा उद्यान निर्माण गरिएको हो ।
उद्यानको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरेकी छिन् । कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरलाई सुन्दर बगैँचाको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताईन् । उनले महानगर कार्यालयसँग सरकारी कार्यालय र संस्थाका कार्यालय पसिरहरुलाई पनि हरियाली बनाउनुपर्ने उल्लेख गरिन् ।
महानगरले ‘एक वडा एक उद्यान’को अवधारणा अनुसार कतिपय वडाले उद्यान निर्माण गरेको भन्दै अन्य वडामा उद्यान निर्माण गरिँदै जाने बताइन । क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने आफ्नो योजना रहेको उल्लेख गर्दै दाहालले अस्पतालका अध्यक्ष, पदाधिकारी लगायत सबैको तदारुकता आवश्यक हुने बताईन् ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 7
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया