५२ जना विद्यार्थीलाई प्राविधिक अध्ययन गर्न छात्रवृत्ति
दोलखा । जिल्लाको गौरीशंकर गाउँपालिकाले प्राविधिक विषय पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ । पालिकामा प्राविधिक जनशक्ति उत्पादनको लागि शैक्षिक अध्ययन छात्रवृत्ति कार्यक्रमअन्तर्गत् पालिकाले २० हजारदेखि दुई लाख रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरेको हो ।
गाउँपालिका अध्यक्ष विश्वास कार्कीले एक कार्यक्रमका बीच ५२ जना विद्यार्थीलाई सो छात्रवृत्ति हस्तान्तरण गरेका छन् । पालिकाले एमबीबी स्नातकतर्फ दुई जनालाई प्रतिविद्यार्थी दुई लाख, एमबीबी आयुर्वेद स्नातकतर्फ एक जनालाई दुई लाख र सिभिल इन्जिनियर स्नातकतर्फ एक जनालाई एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । यसैगरी, साइन्स स्नातक, वन विज्ञान स्नातक, बीएसजी स्नातक र बीएसजी नर्सिङ स्नातकतर्फ एक÷एक जनालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिएको छ ।
त्यस्तै, सिभिल इन्जिनियर डिप्लोमा पाँच जना, बालीविज्ञान डिप्लोमातर्फ आठ जना, पशु विज्ञान डिप्लोमातर्फ एक जना, पीसीएल नर्सिङ डिप्लोमातर्फ दुई जना, एचए डिप्लोमातर्फ दुई जना र ल्याब डिप्लोमातर्फ एक जनालाई प्रतिव्यक्ति २५ हजार रुपैयाँ प्रदान गरेको गाउँपालिकाले जनाएको छ । कम्युटर इन्जिनियर डिप्लोमातर्फ भने २५ जनालाई प्रतिविद्यार्थी २० हजार रुपैयाँ छात्रवृत्ति दिइएको हो ।
प्राविधिक अध्ययनका लागि पालिकाले १९ लाख पाँच हजार रुपैयाँ लगानी गरेको गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की बताए । अध्यक्ष कार्कीले गरिब तथा जेहेन्दार विद्यार्थीले आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया