Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकाविष्णुमति नदी आसपासका अवैध संरचना हटाउन सुरु

विष्णुमति नदी आसपासका अवैध संरचना हटाउन सुरु


काठमाडौँ । टोखा नगरपालिकाले टोखास्थित विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरेको छ । विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना टोखा नगरपालिकाले मंगलबार बिहान डोजर लगाएर हटाएको हो ।

सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएर्को नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले जानकारी दिए । टोखाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रुपमा निर्माण गरिएका संरचना हटाएको हो ।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङले उक्त समितिले मंगलबार टोखा नगरपालिका(८ स्थित फ्लोरोसेन्ट स्कुल अगाडि निर्माण गरिएका संरचना हटाएको जानकारी दिए । उनले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताए ।

नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमति करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाउने बताएको छ । टोखावासीलाई विष्णुमति करिडोरबाट आवतजावत गर्नका लागि सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताए । टोखाभित्र एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै उनले यसलाई संरक्षण गर्ने योजनामा नगरपालिका लागेको बताए ।

नगरपालिकाले केहीदिन अघि सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका संरचना हटाउन नगरवासीलाई आग्रह गरेको थियो । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए । फ्लोरोसेन्ट स्कुल आसपासमा नदीको किनारा आसपासमा घर बनाएर बस्दै आएका स्थानीयले नगरपालिका र प्रहरीलाई ढुङ्गामुढासमेत गरेका थिए ।


क्याटेगोरी : पालिका समाचार, नगरपालिका

तपाईको प्रतिक्रिया