Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाछत्रकोट गाउँपालिकाका अधिकांश योजनाहरू कार्यान्वयनको चरणमा

छत्रकोट गाउँपालिकाका अधिकांश योजनाहरू कार्यान्वयनको चरणमा


बुटवल । छत्रकोट गाउँपालिका गुल्मीका चालू आर्थिक वर्षका अधिकांश योजनाहरू कार्यान्वयनको चरणमा रहेको गाउँपालिकाले जनाएको छ । पालिकाका लेखा अधिकृत सन्तोष जिसीले वित्तीय हिसाबले छ महिनामा हुनुपर्ने प्रगति नभए पनि योजना कार्यान्वयनको हिसाबले भौतिक प्रगति धेरै भएको बताए ।

सुरुका महिनाहरूमा उपभोक्ता समितिहरू गठन, उपभोक्ता समितिहरूलाई अभिमुखीकरण कार्यक्रम, योजना माग, योजनाहरू छनौट, बोलपत्र आह्वान, मूल्याङ्कन, योजना सम्झौताजस्ता कामहरू मात्रै भएकाले खासै वित्तीय प्रगति हुन नसकेको उनले जानकारी दिए । उक्त प्रक्रियागत काम सकिएपछि मात्र योजना कार्यान्वयनमा ल्याएर सम्पन्नपश्चात अनुगमन गरी अन्तिममा भुक्तानी गरिने हुँदा प्रक्रियागत हिसाबले वित्तीय प्रगति ढिलो नै देखिने उनको भनाइ छ ।

यस्तै, पालिकाले स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन (लिसा) को नतिजामा पनि सुधार गरेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा पालिकाले साढे सात प्रतिशतभन्दा बढी अंक प्राप्त गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर पुनका अनुसार पालिकाले आर्थिक वर्ष २०७९/८० मा ८२ दशमलव २५ प्रतिशत अंक पाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ७४ दशमलव ७५ प्रतिशत प्रगति रहेको प्रमुख प्रशासकीय अधिकृत पुनले जानकारी दिए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया