Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारललितपुरमा ६८ वर्षमाथिका सबै नागरिकलाई निमोनिया खोप

ललितपुरमा ६८ वर्षमाथिका सबै नागरिकलाई निमोनिया खोप


काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १ ले ६८ वर्षमाथिका सबै जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाएको छ । योसँगै सबै जेष्ठ नागरिकलाई खोप लगाउने नेपालकै पहिलो वडा समेत भएको वडाको दाबी छ ।

वडाध्यक्ष निर्मल तण्डुकारका अनुसार वडास्तरीय विनियोजित बजेटबाटै खोप खरिद गरी वितरण गरिएको हो । वडाको योजना क्षेत्रमा कार्यसम्पादन गर्दै आएका अधिकृत सन्तोष पौडेलले ललितपुर महानगरपालिका नगर कार्यपालिकाको सहयोगमा विगतका वर्षमा पनि खोप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार केही वडावासीहरूले आफ्नै व्यक्तिगत स्रोतबाट समेत खोप लगाएका छन् भने बाँकीलाई वडाबाट खोप व्यवस्थापन गरिएको हो । हालसम्म वडामा तीन सयभन्दा बढी जेष्ठ नागरिकहरूले खोप लगाएको तथ्याङ्क रहेको उनले जानकारी दिए ।

यसका साथै ललितपुर महानगरपालिका १ वडा नेपालकै पहिलो डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण गर्ने वडा भएको उनले बताए । यस्तै, केही दिनपछि नेपालकै पहिलो हरेक घरधुरीमा कम्पोस्टविन पुगेको वडाको रूपमा घोषणा गर्ने तयारी रहेको वडा कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : पालिका समाचार, महानगर
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया