Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारवीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व संकलन

वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व संकलन


वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालू आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरका अनुसार चालू आवमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० लाख ४३ हजार सात सय ८२ रुपैयाँ संकलन भएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबाट चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ रुपैयाँ रहेको छ । महानगरले २४ वटा शीर्षकमा राजस्व संकलन गर्दै आएको छ ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको नौ महिनाको तुलनामा चालू आवमा दुई करोड ९५ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको बताए । ‘गत आवको नौ महिनाको तुलनामा यो आवमा राजस्व संकलनमा सुधार देखिएको छ’, उनले भने । गत आवको नौ महिनामा भने ३३ करोड ८० लाख ५४ हजार तीन सय ६० रुपैयाँ राजस्व संकलन भएको थियो । वीरगञ्ज महानगरले गत आवभरिमा भने ५७ करोड एक लाख ७३ हजार दुई सय एक रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यसैगरी महानगरले आव २०७८/७९ मा भने ५१ करोड २२ लाख २४ हजार चार सय ९० रुपैयाँ राजस्व संकलन गरेको थियो ।

महानगरले चालू आव २०८०/८१ को लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालूतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार रुपैयाँ र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ छुट्याइएको थियो । महानगरले बजेट तथा नीति कार्यक्रममा चालू आवमा आन्तरिक राजस्वबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार रुपैयाँ स ंकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।


क्याटेगोरी : पालिका समाचार, महानगर
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया