Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाजनसचेतनका साकोसद्वारा पाँच हजार बढी सदस्यलाई सहकारी शिक्षा प्रदान

जनसचेतनका साकोसद्वारा पाँच हजार बढी सदस्यलाई सहकारी शिक्षा प्रदान


दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा मुख्य कार्यालय रहेको जिल्लाकै ठूलो जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले जिल्लाका ग्रामीण भेगका पाँच हजारभन्दा बढी सदस्यलाई वित्तीय साक्षरता तथा सहकारी शिक्षा दिएको छ ।

संस्थाले आफ्नो ग्रामीण भेगका कुनाकाप्चाका सहकारीलाई बुझ्न् नसकेका ९२ वटा टोलमा पुगेर वित्तीय साक्षरता तथा सहकारी शिक्षा दिएको हो । संस्थाले सञ्चालन गरेको वित्तीय साक्षरता तथा सहकारी शिक्षा शिविरमा पाँच हजार आठ सय ९० जना सेयर सदस्यहरू लाभान्वित भएको संस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले जानकारी दिए । उनका अनुसार संस्थाले १७ वटा सेवा केन्द्रबाट सो शिविर सञ्चालन गरेको थियो । सहकारी शिक्षाअन्तर्गत सहकारीको आर्थिक गतिविधि, ऋण कारोबार, सञ्चालकको दायित्व, असल ऋणी बन्न सदस्यले देखाउने इमानदारिता, सहकारीमा सुशासन, कोष विभाजन तथा प्रयोजन, पुँजी परिचालन लगायतका विषयमा सेयरधनीलाई जानकारी प्रदान गरिएको थियो ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया