Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाअपाङ्गता भएका व्यक्तिलाई कार्ड वितरण

अपाङ्गता भएका व्यक्तिलाई कार्ड वितरण


काठमाडौं । जिल्लाको वैतेश्वर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई कार्ड वितरण गर्न सुरु गरेको छ । पालिकाले क, ख, ग र घ वर्ग गरी चार किसिमका अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गताको अवस्था हेरेर वर्ग संशोधन तथा नयाँ कार्ड वितरण गरेको हो ।

पूर्ण अपाङ्गता भएर यसअघि ‘क’ वर्गको कार्ड लिएका करिब ४० जना व्यक्तिहरूको अपाङ्गता अवस्था जाँच गर्दा सुधार आएको देखिएकाले उनीहरूलाई वर्ग संशोधन गरेर डाक्टरको सिफारिस अनुसार ख, ग र घ मा संशोधन गरिएको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । त्यस्तै, पूर्णरूपमा अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने तथा सहयोगीको भरमा बाँचिरहेका व्यक्तिहरूलाई पूर्ण अपाङ्ग कायम गरेर ‘क’ वर्गको रातो कार्ड वितरण गरिएको छ । पालिकाले आठ वडामा अपाङ्गता पहिचान शिविर नै राखेर कार्ड वितरण गरेको हो । शिविरमा दुई सय जनालाई कार्ड वितरण गरिएको थियो ।

गाउँपालिकाले अपाङ्गता भत्ताको दुरुपयोग भएको गुनासो बढेपछि शिविर आयोजना गरेर अपाङ्गता जाँच तथा पहिचान गरेको गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् । गाउँपालिकामा सबैभन्दा बढी ‘ख’ वर्गका अपाङ्गता रहेको पाइएको छ । अपाङ्गता भएका व्यक्तिको अवस्था पहिचान वैतेश्वर अस्पतालका डाक्टरहरू निरामिका पाठक र शिवनाथ यादवले गरेका थिए । शिविर सहभागी बन्न छुटेका व्यक्तिहरूलाई गाउँपालिकाबाट कार्ड वितरण गर्ने वैतेश्वर गाउँपालिकाले जनाएको छ । सरकारले पूर्णरूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई क र ख मा राखेर मासिक चार हजार र दुई हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x