वीरगञ्ज । पर्साको वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा रु. ३६ करोड ६१ राजस्व सङ्कलन गरेको छ । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जले सो अवधिमा विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गरेको हो ।
महानगरपालिकाको राजस्व शाखा प्रमुख मनोजकुमार कर्णका अनुसार चालु आवमा सम्पत्ति करबाट रु. १४ करोड एक लाख, घरबहाल करबाट रु. पाँच करोड ५७ लाख, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु. दुई करोड २१ लाख, सरकारी सम्पत्ति बहालबाट रु. दुई करोड ७१ लाख, अन्य सेवा शुल्कबाट रु. दुई करोड दुई लाख तथा अखेटोपहारमा लाग्ने करबाट रु. दुई करोड ३६ लाख सङ्कलन भएको छ ।
यस्तै नक्सा पास दस्तुरबाट रु. दुई करोड ९० लाख, सिफारिस दस्तुरबाट रु. एक करोड ४३ लाख, भूमिकरबाट रु. ७७ लाख, साना सवारी साधनको करबाट रु. २४ लाख, बाँडफाँटबाट प्राप्त विज्ञापन करबाट रु. ५३ लाख, अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने रोयल्टीबाट रु. ६६ लाख, परीक्षा शुल्कबाट रु. ११ लाख, बहाल बिटौरी करबाट रु. सात लाख तथा अन्य प्रशासनिक सेवा शुल्कबाट रु. १२ लाख राजस्व सङ्कलन भएको कर्णले राससलाई बताए ।
त्यस्तै प्रशासनिक दण्ड जरिवाना र जफतबाट रु. ३१ लाख, व्यक्तिगत घटना दत्र्ताबाट रु. २६ लाख, नाता प्रमाणित दस्तुरबाट रु. १२ लाख, र पार्किङ शुल्कबाट रु. दुई लाख राजस्व सङ्कलन भएको छ । आव २०७८÷७९ को १० महिनाको अवधिमा महानगरपालिकाले विभिन्न शीर्षकमा रु. ५२ करोड ४० लाख राजस्व सङ्कलन गरेको थियो । आव २०७८÷७९ सम्म घरजग्गा रजिष्ट्रेशन शुल्क महानगरपालिकाले उठाउँदै आएकामा चालु आव २०७९÷८० देखि राजस्व बाँडफाँट शीर्षकमा तीनै तहको सरकारमा राजस्व सङ्कलन हुन थालेको छ ।
घरजग्गा रजिष्ट्रेशन शीर्षकमा अघिल्लो आवमा महानगरपालिकाले रु. ४७ करोड राजस्व सङ्कलन गरेकामा चालु आवमा रु. २० करोडसम्म पनि सङ्कलन हुन नसक्ने अवस्था रहेको कर्ण बताउँछन् । चालु आवमा महानगरपालिकाले सम्पत्ति करको दर घटाएको, सवारी कर व्यवस्थापन सेवा शुल्क हटाएको र लामो समयसम्म जग्गाको कित्ताकाट रोकिएर नक्सापास र जग्गा कारोबार हुन नसकेकालगायत कारणले अघिल्लो आवको तुलनामा चालु आवमा राजस्व सङ्कलन घटेको उनले बताए ।
क्याटेगोरी : पालिका समाचार, महानगर
ताजा अपडेट
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
- अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
- नेपालमा अर्थतन्त्रका चुनौतीहरू
- भूकम्पका दश वर्ष पुनर्निर्माण अलपत्र
- प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
- लाभांश बाड्न नसक्ने अवस्थामा फाइनान्स कम्पनीहरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया