दुहवी र इटहरीका आगलागी पीडित घरपरिवारलाई राहत वितरण
सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवार आगलागी पीडितलाई राहत वितरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले एक कार्यक्रमका बीच आगलागी पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेकी हुन् । त्यसैगरी इटहरी नगरपालिका वडा नं ७ रामजानकी टोल सिसौना निवासी आगलागी पीडित इन्द्रकुमार खड्काको घरमै गएर राहत सामग्री वितरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्ले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास केन्द्र, दिनेश चौधरी स्मृति प्रतिष्ठान र लेटर डे सेन्ट च्यारिटिजसँगको समन्वयमा उक्त राहत हस्तान्तरण गरेको हो । प्रतिपरिवार २५ किलो चामल, पाँच किलो दाल, तीन किलो नुन, दुई सेट ब्ल्यांकेट, एक सेट स्ट्यान्ड फ्यान, स्टेसनरी र पेस एक सेट, एक बण्डल जस्तापाता, एक सेट डिग्निटी किट, एक सेट झुल, किचनका सामग्री र सडना सेट वितरण गरिएको छ ।
यसैगरी इटहरी नगरपालिका वडा नं ७ रामजानकी टोल सिसौना निवासी आगलागी पीडित इन्द्रकुमार खड्काको परिवारलाई सहयोग स्वरूप १२ वटा सिमेन्टको पिलर, १० बोरा सिमेन्ट, तीन ट्याक्टर बालुवा/गिट्टीलगायतका सामग्री सहयोग गरिएको छ । इटहरी ७ का वडा सदस्य दिपक घिमिरेले सहयोग व्यवस्थापन गरेका थिए । गत वैशाख २१ गते घरमा कोही नभएको दिउँसोको समयमा विद्युत् सर्ट भएर खड्काको घरमा आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।
क्याटेगोरी : नगरपालिका
ट्याग : #Page 8
ताजा अपडेट
- पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ: मन्त्री पाण्डे
- सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार
- वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टचार भेट
- सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने
- मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव
- प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने
- जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन
- युरोपियन युनियनका राजदूतको परराष्ट्रमन्त्री डा. राणासँग शिष्टाचार भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया