Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिसिके राउतद्वारा न्यायाधीशको नियुक्तिविरुद्ध प्रधानमन्त्रीको ध्यानाकर्षण

सिके राउतद्वारा न्यायाधीशको नियुक्तिविरुद्ध प्रधानमन्त्रीको ध्यानाकर्षण


काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले उच्च अदालतको न्यायाधीशको नियुक्तिप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् । उनले यहि पुस १८ गते न्याय परिषद्द्वारा उच्च अदालतको न्यायाधीशको ३९ पदको नियुक्तिलाई लिएर अत्यन्तै विभेदपूर्ण र असमावेशी तरिकाले न्यायाधीशहरुको नियुक्ति भएको बताएका हुन् ।

उक्त असमावेशी र गैरसंवैधानिक नियुक्तिबारे जनमत पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले यस गठबन्धन सरकारको पालामा यसअगाडि पनि संवैधानिक निकायका पदाधिकारीहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु र राजदूतहरुमा समेत यसरी नै विभेदपूर्ण र असमावेशी एकल जातीय नियुक्ति गरिएको जनाएका छन् ।

नेता राउतले विज्ञप्तिमार्फत भनेका छन्, ‘राज्यको हरेक तह र निकायमा समानुपातिक समावेशी कायम गर्ने संविधानको भावना र मर्म विपरीत हुनुका साथै जनताले पटकपटक गरेको आन्दोलन र जनभावना विपरित पनि रहेको छ । तसर्थ यी निर्णयहरु सच्चाउन र भविष्यमा यस्ता गल्ती नदोहोर्याउन हामी जनमत पार्टीको तर्फबाट सरकार समक्ष आग्रह गर्दछौं ।’


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया