Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिपेरिसडाँडामा माओवादी केन्द्रको बैठक बस्दै

पेरिसडाँडामा माओवादी केन्द्रको बैठक बस्दै


काठमाडौँ । पार्टी मुख्यालय पेरिसडाँडामा बिहीबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक हुँदैछ । प्रवक्ता अग्निप्रसाद सापकोटाले अपराह्न १ बजे हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने जानकारी दिए ।

प्रवक्ता सापकोटाले बैठकमा भावी कार्ययोजना, कार्यविभाजन र नयाँ अभियान सञ्चालन गर्नेबारेमा छलफल हुने बताए । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ माओवादीले गत भदौ १६ देखि पुस १७ सम्म सञ्चालन गरेको थियो । माओवादीले उक्त अभियान प्रभावकारी देखिएको उल्लेख गर्दै क्षेत्रगत आधारमा नयाँ अभियान सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया