Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिपरिणाम देखिने गरी काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिएकि छिन् । बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उनले नीतिगत निर्णय गर्दै २ महिनामा रिजल्ट ल्याउने गरी काम गर्न निर्देशन दिएकी हुन् ।

‘अर्थपूर्ण रूपमा काम गर्न कम्पोजिशन मिल्नुपर्छ । जनगुनासो चासो अनुसार मन्त्रालयको लक्षित क्षेत्रअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुप¥यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस्,’ मन्त्री चौधरीले भनिन् ।

उनले पछिल्ला दुई महिनामा भए गरेका महत्वपूर्ण कामको समीक्षा गरी रिपोर्ट तयार गर्न समेत कर्मचारीलाई निर्देशन दिएकी छिन् । सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताइन । सेवाग्राहीले मन्त्रालय छ भन्ने महसुस हुनेगरी काम गर्नुपर्ने भन्दै मन्त्री चौधरीले सीमित स्रोत साधनका कारण समस्या उत्पन्न भएको बताइन ।

मन्त्रालयसँग सम्बन्धित विषयमा संसद्मा उठेका प्रश्नहरूको पनि सम्बोधन गर्न सम्बन्धित शाखाबिच समन्वय गर्न समेत मन्त्री चौधरीले निर्देशन दिइन । त्यस अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले पूर्ण रूपमा अपांगता भएका व्यक्तिहरूका लागि सहयोग उपलब्ध गराउने विषय महत्वपूर्ण भएको भन्दै मन्त्रालयले बजेट वृद्धि गर्ने सन्दर्भमा पहल गरिरहेको बताए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया